युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 06:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी
Tuesday, 02.28.2017, 11:19am (GMT+5.5)

काठमाडौं । व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि हुनुपर्ने पुनःनिर्माणमा राजनीति घुसेको र राजनीतिकरण गरिएको आरोप लगाउनुभएको छ ।

धादिङको सलाङ–५ मैदानमा अवस्थित पञ्चमुखी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उदघाटन तथा हस्तान्तरण समारोहलाई बुधबार सम्बोधन गर्दै सभापति अधिकारीले सो आरोप लगाउनुभएको हो । त्यस क्रममा उहाँले भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरूको पुनःनिर्माणका गठन भएको निकायले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्नुहुँदै विद्यालय पुनःनिर्माणमा दाताहरूको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव विद्यालय संचालकहरूलाई सुझाव दिनुभयो ।

सम्बोधनका क्रममा सभापति अधिकारीले विद्यालय भवन बन्नु मात्र सबथोक नभएको बताउँदै विद्यालयको भवन व्यवस्थित र मजबुत भएजस्तै विद्यार्थीहरूलाई दिइने शिक्षा पनि त्यस्तै हुनुपर्ने सुझाव दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री इटनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय भवन निर्माणमा सहयोग जुटाउने जापानी संस्था किताक्यूसु वाईएमसीएका महासचिव केनिचिरो ओगावाले जापानमाा एक एक रुपैयाँ गरेर संकलन गरिएको रकमको सदुपयोग भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै वाईएमसीए जापानका राष्ट्रिय समन्वय परिषदका कार्यकारी निर्देशक काजुकी यामानेले भूकम्पपछि नेपालका धेरै विद्यालयहरू क्षतिग्रस्त भएको र आफ्नो संस्थाको पहलमा पक्की विद्यालय भवन बनाउन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । यामानेले त्यस अवसरमा बालबालिकाहरूलाई उत्प्रेरित गर्ने गीत गाउन लगाएका थिए । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक झमकप्रसाद पाठकले विद्यालय भवन निर्माण गरिदिएकोमा खुसी व्यक्त गर्दै भावी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा सो विद्यालय भवन निर्माणका लागि आर्थिक संकलनमा समन्वयकर्ता रामहरि खड्काले भवन निर्माणको सुरुवाती अवस्थाको जानकारी दिनुभयो । कुल ६१ लाखको लागतमा सो विद्यालय भवन निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका तर्फबाट स्रोत व्यक्ति सुदर्शन भट्टले विद्यालय भवन निर्माण हुनु खुसी व्यक्त गर्नुभयो ।

त्यस क्रममा कनेक्सन एजुकेशनल इन्स्टिच्यूसन प्रा.लि.ले सो विद्यालयका लागि एक वर्षसम्म माध्यमिक तहको शिक्षक उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर समेत गरियो । सम्झौतापत्रमा विद्यालयका तर्फबाट प्रधानाध्यापक झकमप्रसाद पाठक र इन्स्टिच्यूसनका तर्फबाट रामहरि खड्काले हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा बालबालिकाहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने अतिथिहरूलाई मायाको चिनो र सम्मानपत्र दिइएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
जनआन्दोलनको उपलब्धि गुम्न नदिने (02.15.2017)
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र (12.20.2016)
सङ्घीयता लागू हुन सक्दैन (12.20.2016)
पत्रकार थपलियाको निधन (12.20.2016)
न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले (12.20.2016)
प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ? (12.07.2016)
संशोधनले झन् जटिलता थप्ने (11.29.2016)
नमूना बस्तीपछि बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा (11.23.2016)
एक हजार चार सय ७२ पत्रकार दुर्घटना बीमामा आबद्ध (11.23.2016)



 
::| Latest News

 
[Page Top]