युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 09:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
बटो बढाउने कि ?
Wednesday, 03.22.2017, 02:39pm (GMT+5.5)

हिजोआज काठमाडौ उपत्यकामा जुन किसिमले बाटो चौडा गर्ने काम भैरहेको छ सो कार्य ढिलाईका कारणले आवत जावतमा निकै कठीनाई भएको छ भने बर्षौदेखि बसोबास गर्दैै आएकाहरु कतिपयको घरहरु भत्कन गई बिस्थापितसम्म हुन पुगेका छन् । तर, जे होस् सडक चौडा भएपछि र निर्माणका कार्यहरु सकिएपछि सहर सुन्दर पनि देखिन थालेका छन् । 

यसरी बाटो चौडा हुने काम धेरै ठाउँहरुमा देखियो तर काठमाडौ महानगरपालिका वडा नम्वर ७ को मूल बजार मानिएको चाबहिल गणेशथानदेखि चावहिल चौक रिङ्गरोडसम्मको करीव ५०० मिटरको बाटोमा भने केही गरिएको देखिएन । यो बजार धेरै पुरानो बजार भए तापनि बाटोको दुबैतर्फका घरहरु एक दुई घरहरु छोडेर प्राय सबै नै नयाँ घरमा परिणत भैसकेका देखिन्छन् । तर मापडण्ड अनुसार भने कमैले बनाएको देखिन्छ । उदाहरणको लागि गणेशथान अगाडिको एउटा घर भने मापडण्ड अनुशार इमान्दारी पूर्वक छोडेर बनाएको देखिन्छ भने चावहिल चोकबाट गणेशथानतर्फ जाँदा शुरुमै दाहिने पट्टी सुन पसल भएको घर सडक नै मिचेर बनाएको प्रष्ट देखिन्छ र कतिपय नयाँ बनेका घरहरु पनि सडक चौडा भए भत्काउँला भन्ने हिसावले ठाउँ छोडी मिचेर बनाएको प्रष्ट भान हुन्छ । 

यो बजार हाल साह्रै साँघुरो र जीर्ण देखिएको छ । लामपोखरी र बिशालनगर हुँदै फराकिलो भएर निर्माण पुरा भई रिङ्गरोडसम्म जोडिनका लागि गणेशथाननिर टुंगिएर बसेको छ । यसर्थ सरकारले यसरी जताततै घरहरु भत्काएर सडक चौडा पार्ने र काठमाडौ सहरलाई सुन्दर बनाउने लक्ष्य लिएको हो भने यसैबेला यो बाटोको पनि बिस्तार गर्न सके एकैपल्ट बाटो बिस्तारको काम सकिन्थ्या र यो चाबहिल बजारले पनि सुन्दर हुने मौका पाउँथ्यो होला । अनी चाबहिल गणेश जस्तो प्रख्यात मन्दिर जाने भक्तजनहरु पनि सुबिस्ता पूर्वक मन्दिर जान पाउथे होलान् ।

- महेन्द्र चालिसे



Rating (Votes: )   
Share     Print


Other Articles:
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
जनआन्दोलनको उपलब्धि गुम्न नदिने (02.15.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)
माथिल्लो तामाकोसीबाट डेढ वर्षभित्र (12.20.2016)
पत्रकार थपलियाको निधन (12.20.2016)
सङ्घीयता लागू हुन सक्दैन (12.20.2016)
न्यायाधीश नियुक्ति समावेशी र समानुपातिक तरिकाले (12.20.2016)
प्राधिकरण संचालक समिति सदस्य किन गर्छन अबरोध ? (12.07.2016)



 
::| Latest News

 
[Page Top]