युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 08:01pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
आयोगले निर्वाचन अनुगमन गर्ने
Tuesday, 05.02.2017, 01:56pm (GMT+5.5)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको अनुगमन गर्ने भएको छ । आयोगले निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपछि गरी तीन चरणमा मानवाधिकारको सुनिश्चितता सम्बन्धमा देशव्यापी रूपमा अनुगमन गर्ने आयोगका प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो । अनुगमनका लागि आयोगले यसै हप्तादेखि मानवाधिकार अधिकृतको टोली अनुगमनका लागि खटाउने भएको छ । 

उहाँले अनुगमन टोलीले राजनीतिक दलहरूले शान्तिपूर्वक भेला तथा विचार अभिव्यक्त गर्न पाए÷नपाएको तथा राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए÷नभएका सम्बन्धमा अनुगमन गर्ने बताउनुभयो । 

उहाँका अनुसार मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्था, राजनीतिक दलद्वारा निर्वाचनका क्रममा हुन सक्ने मानव अधिकार हनन, अपाङ्गता भएका व्यक्ति– जेष्ठ नागरिक– अल्पङ्ख्यकलगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, ‘स्थानीय तह निर्वाचन आचार संहिता, २०७३’ मा उल्लिखित मानवाधिकारसम्बन्धी विषय, समग्र सुरक्षा स्थितिलगायत विषयमा समेत अनुगमन गर्नेछ । 

अनुगमनका लागि प्रवक्ता अन्सारीको संयोजकत्वमा मानवअधिकार अनुगमन तथा समन्वय समितिसमेत गठन गरिएको छ । सो सम्बन्धमा निर्वाचन आयोग र मानवअधिकार आयोगबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

स्थानीय तह निर्वाचनमा स्वच्छ, निष्पक्ष र सहजरुपले नागरिकले मताधिकारको प्रयोग गर्न सक्ने वातावरणका लागि मतदाता शिक्षा, सचेतना अभिमुखीकरण र अनुगमन गर्न गराउन दुवै आयोग सहमत भएको मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जानकारी दिनुभयो । 

मानवअधिकार आयोगले निर्वाचन अनुगमनका क्रममा देखिएका समस्या र कमजोरीका बारेमा यथाशीघ्र निर्वाचन आयोगलाई जानकारी गराउने र त्यस्ता समस्याको समाधानका लागि आपसी सहयोग एवम् सहकार्य गर्न दुवै आयोग सहमत भएका छन् । मानवअधिकार आयोगले स्थानीय तह निर्वाचनको परिणाम घोषणा भएपछिको ३० दिनभित्र निर्वाचन अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ ।

स्थानीय तहको निर्वाचनमा दुवै आयोगले सचिवस्तरीय संयुक्त समन्वय तथा सहकार्य संयन्त्र स्थापना गरी कार्य गर्ने सहमति भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको उपस्थितिमा सो समझदारीपत्रमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली र मानवअधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)
जनआन्दोलनको उपलब्धि गुम्न नदिने (02.15.2017)
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)
एकता दिवसमा पनि बिदा दिइनुपर्छ (12.29.2016)
संशोधन प्रस्ताव संसद्मा छलफल गर्न लायक छैन (12.29.2016)
निमुखा वर्गको न्यायमा पहुँच पुग्नुपर्छ (12.29.2016)



 
::| Latest News

 
[Page Top]