युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन
Thursday, 05.11.2017, 11:31am (GMT+5.5)

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धा, नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको शनिबार बिहान ८.४५ बजे निधन भएको छ । ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचाररत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले राससलाई जानकारी दिनुभयो । 
प्रधानका अनुसार उहाँको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । उहाँको शनिबार नै टेकु दोभानमा अन्तेष्ठि गरिनेछ । स्व शाक्य २०४६ सालपछिको अन्तरिम मन्त्रिपरिषद्का आपूर्तिमन्त्री हुनुहुन्थ्यो । 
उहाँ विसं २०१७ पुस १ गते राजाले तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्त गरेपछि कालो भन्डा लिएर प्रदर्शनमा उत्रदा जेल पर्नुभएको थियो । सोही समयदेखि उहाँ मार्सल जुलुम शाक्यका नाममा सर्वत्र परिचित हुनुहुन्थ्यो । 
यसैबीच पूर्व सांसद मञ्च नेपालले नेपाली काँग्रेसका नेता, प्रजातन्त्रका योद्घा एवम् पूर्वमन्त्री मार्सलजुलुम शाक्यको निधनप्रति दुःख व्यक्त गरेको  छ ।
मञ्चले  उहाँको आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनसहित इष्टमित्र तथा सहकर्मी राजनीतिक नेता–कार्यकर्ताप्रति समवेदना प्रकट गरेको छ ।
उहाँको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको मञ्चद्वारा जारी सन्देशमा उल्लेख छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
जनआन्दोलनको उपलब्धि गुम्न नदिने (02.15.2017)
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (01.31.2017)
अब कसैले शहीद बन्नुनपर्ने अवस्था ल्याऔं (01.31.2017)
एमालेले मेची–महाकाली अभियान सञ्चालन गर्ने (01.18.2017)
लोकमानसिंह कार्कीको नियुक्ति नै बदर (01.12.2017)



 
::| Latest News

 
[Page Top]