युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:26am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
मनोनयका दिन ठूला दलहरूबी झडप
Thursday, 06.22.2017, 11:52am (GMT+5.5)

असार १४ गते हुने दोस्रे चरणको निर्वाचनका लागि मनोनयन गर्ने दिन सुदूरपश्चिमाको बाजुरामा नेपाली काँग्रेस र नेकपा (एमाले) बीच झडप हुँदा छेडेदह गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा एमाले समर्थक हंसबहादुर रावत रहेको छ । मनोनयन दर्तापछि दुवै पार्टीका कार्यकर्ताले नारा जुलुस गर्ने क्रममा झडप भएको प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो । 
झडपमा परी काँग्रेसका कार्यकर्ता धनबहादुर रावत गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ । झडपमा ३४ जना घाइते भएको प्रहरीले जनाएको छ । दुबै पक्षबीच भएको झडपलाई नियन्त्रणमा लिइसकेको बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभयो ।
त्यसै गरी डोटीको मार्मा गाउँपालिकाको लटिनाथमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप भएको छ । मनोनयन दर्ता गर्दा दोहोरो झडपसहित ढुङ्गा हानाहान भएको स्थानीयले जनाएका छन् । 
माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेर फर्कने र एमाले मनोनयन दर्ता गर्न जाने क्रममा लटिनाथ बजारमा झडप हुन पुगेको बुझिएको छ । दुवै पक्षबीच एकापसमा ढुङ्गा हानाहान हुँदा दुवै दलका पाँच÷सात जना घाइते भएका छन् । लटिनाथमा दुवै पक्षबीच झडप भएको र झडपमा भएको क्षतिका बारेमा यकिन थाहा नभएको प्रहरीले जनाएको छ ।
झडपलाई नियन्त्रण गर्न प्रहरीले दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको स्थानीय दिनेश सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार लटिनाथ बजारमा झडप हुँदा होटलमा समेत क्षति पुगेको छ । लटिनाथ क्षेत्र तनावपूर्ण रहेकाले झडप हुन नदिन प्रहरीले सुरक्षा बढाएको उहाँको भनाइ छ । 
त्यसै गरी बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा सातजना घाइते भएका छन् । 
बैजनाथ गाउँपालिका– ८ बनकटवामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको हो । झडपमा दुई प्रहरी समेत घाइते भएको प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।  झडप नियन्त्रणका क्रममा प्रहरीले १२ राउण्ड हवाई फायर तथा नौ  राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)
चमेलियाको भौतिक प्रगति ९८ प्रतिशत (02.15.2017)
स्ववियु निर्वाचनमा सहभागी हुन त्रिविको आग्रह (02.15.2017)



 
::| Latest News

 
[Page Top]