युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 01.17.2018, 12:39pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान
Wednesday, 06.28.2017, 11:53am (GMT+5.5)

सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घटनाका आरोपित नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षकसहित चार प्रहरी अधिकारी जेल चलान भएका छन् । 
पूर्वप्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई आज जेल चलान गरिएको सर्वाेच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । चारै जनालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
सजाय छुटका लागि उहाँहरूले हालै सर्वाेच्च अदालत पुगी आत्मसमर्पण गर्नुभएको थियो । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ । 
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले गत वैशाख १७ गते ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई एक÷एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । 
सामान खरिद गर्दा योजनातर्जुमा, लागत अनुमान, दरभाउ पत्र लिने, खरिद ठेक्कापट्टा दिने, भुक्तानी दिनेलगायत काममा नेपाल प्रहरीका उच्च पदाधिकारी र ठेकेदार मिलेर नेपाल सरकारलाई रु २८ करोड ८१ लाख ६१ हजार २२९ हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको अदालतले ठहर गरेको थियो । 
सुडान घोटला प्रकरणमा पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई छ महिना कैद र रु ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह थाङ्ग्देनलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने सोही दिन सर्वोच्चले फैसला सुनाएको थियो । घटनाका अन्य दोषी हालसम्म फरारको सूचीमा छन् ।
त्यसै गरी भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा पनि आइतबार जेल चलान भएका छन् ।
सुडान घोटालाका आरोपित कास्की जिल्ला, पोखरा उपमहानगरपालिका वडा नं ११ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं ४, धूम्रबाराही बस्ने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक थापा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएका सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो । थापालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।
थापाले सजाय छुटका लागि सर्वाेच्च अदालत पुगी आत्मसमर्पण गरेका थिए । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ । 
सोही प्रकरणका आरोपित पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई यही असार ७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो । चारैजनाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । 
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले गत वैशाख १७ गते ओमविक्रम राणालाई दुई वर्ष कैद र रु ५० हजार जरिवाना, रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई एक÷एक वर्ष कैद र रु ४० हजार जरिवाना गर्ने फैसला सुनाएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)
संशोधन विधेयकमाथि पन्ध्र वटा संशोधन (02.28.2017)
तिवारी हत्याका मुख्य योजनाकार मनोज (02.28.2017)



 
::| Latest News

 
[Page Top]