युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 05.28.2018, 01:27am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा
Wednesday, 07.26.2017, 02:54pm (GMT+5.5)

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७३÷७४ मा ६ लाख ३९ हजार ६११ सवारीसाधनलाई कारबाही गरेको छ । महाशाखाले जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, हर्न निषेध पालना नगर्ने र जेब्रा क्रसिङमा पैदलयात्रुलाई नटेर्ने लगायतका शीर्षकमा उक्त सवारी कारबाहीमा परेका हुन् । तीमध्ये लेन अनुशासन पालना नगर्ने एक लाख ३१ हजार ५३३, जथाभावी पार्किङ २९ हजार ८०, मापसे सेवन गरी सवारी चलाउने २८ हजार ८९६ र नो हर्न पालना नगर्ने नौ हजार ६६३ कारबाहीमा परेका हुन् ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले सवारीसाधनको सङ्ख्याको वृद्धिसँगै सवारीसाधन कारबाहीको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको बताउनुभयो । महाशाखाले आव २०७२÷७३ मा पाँच लाख ४८ हजार ७७० सवारीलाई कारबाही गरेको थियो ।
यस्तै, उपत्यकामा यो वर्षमा खाल्डाखुल्डीका कारण ११ दुर्घटना भएको पनि महाशाखाले जनाएको छ । 
उता चितवनमा  गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए । 
अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ । 
कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१÷७२ मा १२६ वटा दुर्घटना भएका थिए । जसका कारण ८२ जनाको मृत्यु १२७ जना गम्भीर र १३२ जना सामान्य घाइते भएका थिए । 
गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमा २२ प्रतिशत, पृथ्वीराजमार्गमा १७ प्रतिशत, भरतपुर क्षेत्रमा १४ प्रतिशत र अन्य भित्री सडकमा १८ प्रतिशत सवारी दुर्घटनामा मृत्यु भएको चर्चा गर्दै उहाँले दुर्घटना बढ्नुको कारणबारे अनुसन्धान भइरहेको बताउनुभयो । जसमा १५८ वटा दुर्घटना चालकको लापर्बाहीबाट, १६ वटा अर्कोलाई उछिन्ने क्रममा, ४५ वटा तीव्र गतिका कारण, १२ वटा मादक पदार्थ सेवन गरी चलाएका कारण, दुईवटा यान्त्रिक गडबढीका कारण, चारवटा अधिक भार ‘ओभरलोड’का कारण, १३ वटा यात्रुको गल्तीका कारण, पाँच सडकको अवस्थाका कारण र तीनवटा प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको पन्तले बताउनुभयो । 
प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पछिल्लो समय कहालीलाग्दो गरी दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि आवश्यक गृहकार्य भइरहेको बताउनुभयो । प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न सम्भव नहुने भन्दै उहाँले सरोकारवाला पक्षले पनि यसका लागि पहल गर्नुपर्ने बताउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)
ठूला दलले मानेनन् आचारसंहिता (03.22.2017)
पुनःनिर्माणमा राजनीति घुस्यो ः सभापति अधिकारी (02.28.2017)
एक दुई क्याम्पसमा तालाबन्दी हुँदैमा निर्वाचन रोक्न मिल्दैन (02.28.2017)



 
::| Latest News

 
[Page Top]