युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.15.2018, 01:32pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन
Tuesday, 08.29.2017, 11:46am (GMT+5.5)

स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ ।
शुक्रबार जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्तक्र्रियामा उक्त निर्देशन दिँदै भन्नुभयो– “निजी क्लिनिक नचलाई दिनोस् । यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ ।”
जनकपुर अञ्चल अस्पतालबारे निकै गुनासो आएपछि स्वास्थ्यमन्त्री पोख्रेलले डा रामपरीक्षण यादवलाई मेडिकल सुपरिटेन्डेन्ट(मेसु) बाटहटाइ दुई साताअघि मात्र नियुक्त गर्नुभएको मेसु डा कल्पना बछारलाई लक्षित गर्दै भन्नुभयो, – “निजी क्लिनिक बन्द गर्ने कामको शुरुवात मेसुबाटै हुनुपर्दछ । आफै निजी क्लिनिक सञ्चालन गर्नेले अरूलाई निर्देशन दिनसक्दैन । त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ ।”
बिरामीको अत्यधिक चाप रहने यस अस्पताल सुधार गर्नुपर्नेमा जोड दिंदै उहाँले अब हामीले क्षेत्रीय होइन, प्रान्तीय दृष्टिकोणले नीति बनाउनुपर्ने र यहाँ रहेका क्षेत्रीय प्रयोगशालालाई प्रान्तीय प्रयोगशालाको रूपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
विगत करिब दुई वर्षदेखि सञ्चालन हुननसकेको यस अस्पतालको आइसीयु सेवा शीघ्र सञ्चालन हुने बताउँदै उहाँले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
अन्तक्र्रियामा सहभागी चिकित्सकले यस अस्पतालमा भौतिक पूर्वाधारका साथै जनशक्ति अभाव रहेको गुनासो गरेका थिए । ‘दैनिक झण्डै एकसय महिलालाई प्रसूति सेवाका लागि दुई विज्ञ, चार मेडिकल अधिकृत र १६ जना नर्स मात्र छन् । सयजना बिरामीलाई तीन नर्सले कसरी स्याहार गर्ने ?’ प्रसूति रोग विशेषज्ञ डा रामनरेश पण्डितको गुनासो थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)
बटो बढाउने कि ? (03.22.2017)



 
::| Latest News

 
[Page Top]