युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 11.18.2018, 10:11pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन
Tuesday, 09.12.2017, 11:36am (GMT+5.5)

काठमाडौं । जनप्रतिनिधि नभएर स्थानीय तहमा विकास नभएको भन्ने कुरा पूरा सत्य नरहेको अहिले जनप्रतिनिधि पाएका स्थानीय निकायको हविगतले देखाएको छ । सानोसानो काम समेत अहिले हुन सकेका छैनन् । यसैमा पर्दछ काठमाडौं महानगरपालिका । 
स्मार्ट सिटीको नारा घन्काएर चुनाव जितेकाले उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर समेत व्यवस्थापन गर्न सकेका छैनन् । ती फोहर नदी किनार एवं सडकमै थुपारिएको छ । अघिल्लो शनिबार काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले शनिबार सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो । 
वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा शनिबार सिनामंगल पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर थुपारियो । सफाइका क्रममा सिनामंगलदेखि जागृतिनगरसम्म जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सहभागिता थियो ।  
गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८७ औँ हप्तामा शनिबार गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्थाका १०० जनाभन्दा बढीको सहभागिता थियो । 
रुद्रमती सफाइको १८५ औँ हप्तामा रातोपुलदेखि गौशालासम्म जचेतनामूलक अभियानसहित सफाइ गरियो । गौशालाबाट निस्किइ सडकमा बगिरहेको ढल सो अवसरमा व्यवस्थापन गरिएको थियो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको पनि उपस्थिति थियो ।
विष्णुमती सफाइको १५७ औँ हप्तामा धादिङ बसपार्क क्षेत्रमा जनचेतनासहित सफाइ गरियो । ३०० जनाको सहभागितामा भएको सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 
चक्रपथ सफाइको २२ औँ हप्तामा बसुन्धरा–गोंगबु नयाँ बसपार्क क्षेत्रका रुखमा पाँच फिटसम्म रङ लगाएर सफाइ गरियो । ३०० जनाको सक्रियतामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन भयो । 
यसैगरी चक्रपथको सीतापाइला बाफल क्षेत्रमा पनि तेस्रो हप्ताको सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । आलोक नगरस्थित वाग्मती नदी किनारमा गरिएको २२ औँ हप्तामा मीनभवन क्षेत्रमा जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७५ जना महिलाको सक्रियता थियो ।
मनोहरा नदी सफाइको दोस्रो हप्ता विशेष सफाइ कार्यक्रम गरियो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले नदी संरक्षण विधेयक पारित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सफाइमा सांसद दीपकप्रसाद कुइँकेल, सचिव दिनेशकुमार थपलिया, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत अभियन्ताको सहभागिता थियो ।
शालिनदीदेखि वाग्मती दोभानसम्म ५२ हप्तामा सफाइ गरिसक्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइयो । आजको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । 
यसैगरी इन्द्रमती सफाइ अभियानको दोस्रो हप्ता शनिबार नदीको बल्खु क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० अभियानकर्मीको सहभागिता थियो ।
गत हप्तादेखि राति सफाइ गरिँदै आएको पशुपति क्षेत्रमा आइतबारदेखि दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई हालसम्म मुलुकका २६ शहरका नदी सफाइ पनि शुरु भएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)
वैदेशिक रोजगारी : समस्याको समाधान के ? (04.11.2017)



 
::| Latest News

 
[Page Top]