युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 07.19.2018, 10:47am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
चम्काउन थालियो पशुपतिनाथ मन्दिर
Tuesday, 09.12.2017, 11:37am (GMT+5.5)

काठमाडौं । विश्वभरका हिन्दुहरुको आराध्यदेव, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर चम्काउन थालिएको छ । वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथको मूल मन्दिरभित्रका ढुंगामा सफाइ गरी चम्काउन थालिएको हो । 
पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूल मन्दिरभित्र आइतबारदेखि सफाइ शुरु गरिएको हो । बिहान दर्शनार्थीको भीड हुने भएकाले दिउँसो १ बजेपछि भीड कम हुने समय पारेर सफाइ गरी रङ लगाउन थालिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।
भक्तजनको भीड कम भएपछि दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म मन्दिरभित्रका ढुंगामा वर्षौंदेखि जम्मा भएको फोहर सफाइ यन्त्रले पुछेर पालिस लगाइएको उहाँले बताउनुभयो । 
दिउँसो सफाइसहित रङ लगाएपछि अर्को दिन बिहान भक्तजनको भीड लाग्नुअघि सुक्ने भएकाले दिउँसोको समय रोजिएको कोषले जनाएको छ । यसअघि पशुपति मन्दिर बाहिर पनि यसैगरी सफाइ गरिएको थियो । मन्दिर बाहिर बेलुकी ८ः०० बजेदेखि राति २ः०० बजेसम्म सफाइ गरिएको थियो । मन्दिरभित्र बहुमूल्य गहनालगायत पुरातात्विक सम्पदाका चीजबीज भएकाले कोषको समेत संलग्नतामा सफाइसहित पालिस लगाउने काम शुरु भएको हो । 

कोषको कोषाध्यक्षमा थापा
यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषको कोषाध्यक्षमा ललितपुरका मिलनकुमार थापालाई चार वर्षका लागि नियुक्त गरेको छ । 
थापालाई भदौ १३ गतेको मन्त्रिस्तरीय निर्णयबाट नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । थापा तन्त्र विज्ञान नेपालका अध्यक्ष, दक्षिण एशियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्का समेत उपाध्यक्ष हुनुहुन्छ । आइतबार कोषमा पद बहाली गर्नुहुँदै कोषाध्यक्ष थापाले पशुपति क्षेत्रको सुधारका ४१ बुँदे योजनाअघि सार्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)
निर्वाचनको ८० प्रतिशत तयारी पूरा (04.18.2017)
फेरि रोकियो भैरहवा विमानस्थल निर्माण (04.11.2017)



 
::| Latest News

 
[Page Top]