युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित
Wednesday, 11.15.2017, 01:59pm (GMT+5.5)

२०७२ वैशाख १२ गतेको गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाका भूकम्प प्रभावित बस्तीमा भूकम्पले भत्किएका घर पुनः सर्भेक्षण गर्न खटिएका इञ्जिनियर फिर्ता भएपछि सर्भेक्षणको काम प्रभावित भएको छ । 
साउन २८ गतेदेखि गाउँमा परिचालन गरिएका २८ जना इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनमा जिल्लास्थित कार्यालयले फिर्ता बोलाएको हो ।
गोरखाका ११ स्थानीय तहका ११ हजार भूकम्पपीडितले घर भत्किए पनि निजी आवास निर्माण गर्न अनुदान नपाएको गुनासो गरेपछि पुनः सर्भेक्षणका लागि इञ्जिनियर खटाइएको थियो । काम सकिनुअघि नै इञ्जिनियर फिर्ता बोलाइएपछि गर्दा गर्दैको पुनः सर्भेक्षणको काम प्रभावित भएको छ । 
प्राधिकरणको गोरखास्थित कार्यालयका प्रमुख शिवलाल पौडेलका अनुसार २८ जनामध्ये १२ जना इञ्जिनियरले आफ्नो जिम्मेवारीअनुसार पुनः सर्भेक्षण करिब सम्पन्न गरिसकेका थिए भने १६ जनाले काम गर्दै थिए । एघार हजार ९६३ छुटेका घरमध्ये करिब चार हजार वटा घरको सर्वेक्षण गर्न बाँकी छ ।
इञ्जिनियरलाई शुरुमा दुई महिनाको नियुक्ति दिइएको थियो । काम नसकिएपछि फेरि १५ र सात दिन थप गर्दापनि पुनः सर्भेक्षण नसकिएपछि इञ्जिनियरलाई फिर्ता गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । निर्वाचित वडाध्यक्षले आफ्नो वडाभित्र छुटेका घरको सूची दिन नसक्दा काम प्रभावकारी बनाउन नसकिएको उहाँको भनाइ थियो ।
सर्वेक्षणमा खटिएका इञ्जिनियरलाई युनोभेस नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत परिचालन गरिएको र युनोभेसले प्राधिकरणसँग गरेको सम्झौता अवधि सकिएकाले पनि काम नसकिँदै इञ्जिनियर फिर्ता बोलाउनुपरेको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । अर्कोतर्फ चुनाव नजिकिएकाले पनि इञ्जिनियर फिर्ता बोलाइएको हुनसक्ने बताइएको छ । 

तीन हजार ५०० घर बने
भूकम्प गएको तीस महिनाभन्दा धेरै भइसकेको छ । यस अवधिमा गोरखामा तीन हजार ५०० वटा भूकम्प प्रतिरोधी घर निर्माण भइसकिएका छन् । सरकारी अनुदान रू तीन लाख लिएर घर बनाउनेको संख्या थपिँदै गए पनि घर भने बनिसकेका छैनन् । 
जिल्लास्थित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयकी ई सुनिता श्रेष्ठका अनुसार अहिलेसम्म तीन हजार ५०० जना भूकम्पपीडित लाभग्राहीलाई तेस्रो किस्ता रकम दिइसकिएको छ ।
बाह्र हजार ७९१ जना भूकम्पपीडित लाभग्राहीले दोस्रो किस्ता र ५६ हजारजना लाभग्राहीले पहिलो किस्ताको रकम बुझेका छन् । निर्माण सामग्री, दक्ष कामदारको अभाव एकातिर छ भने यो वर्ष निर्वाचन नै निर्वाचन हुँदा पनि पुनःनिर्माणको काम प्रभावित बनेको भूकम्पपीडित बताउँछन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)
आयोगले निर्वाचन अनुगमन गर्ने (05.02.2017)
मतदाता शिक्षा कार्यकर्ता मतदाताको घरदैलोमा (04.18.2017)



 
::| Latest News

 
[Page Top]