युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 07.19.2018, 10:55am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी
Tuesday, 12.12.2017, 02:44pm (GMT+5.5)

काठमाडौं । संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारीका लागि जोडतोडका साथ लागिरहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ ।
नेपालको इतिहासमा पहिलोपटक संघीय संसदका लागि निर्वाचन सम्पन्न भइसकेको तथा संविधानअनुसार संसदीय क्रियाकलाप सञ्ंचालन गर्नका लागि एउटा संघीय संसद सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालको व्यवस्था हुने व्यवस्थापिका–संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले रासससँगको कुराकानीमा जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू निर्वाचित भई आएपछि बैठक सञ्चालनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको कक्ष मर्मत संभारका लागि संसद सचिवालय जोडतोडका साथ काम गरिरहेको र मेच, टेबुल तथा माइकको मर्मत कार्य भइरहेको उहाँले बताउनुभयो ।
राष्ट्रियसभाको कक्षका लागि केही संरचना बनाउनुपर्ने र थप मर्मत संभार गर्नुपर्ने भएकाले यस कक्षको निर्माण भने केही ढिलाई हुने डा गौतमले जानकारी दिनुभयो । यसका लागि आवश्यक सामान खरिदका लागि टेण्डर आह्वान भइसकेको र जतिसक्दो चाँडो राष्ट्रियसभा तयारी गर्नका लागि काम थालिसकेको उहाँले बताउनुभयो ।
संघीय संरचनाअन्तर्गत केन्द्रमा एक संघीय संसद तथा सात प्रदेशमा सातवटा प्रदेशसभा रहने संविधानमा व्यवस्था रहेको छ । केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशमा एक सदनात्मक प्रदेश सभा रहने प्रावधान छ ।
निर्वाचनको अन्तिम परिणाम आएको एक महिनाभित्र प्रतिनिधिसभा र २० दिनभित्र प्रदेशसभा बोलाउनुपर्ने व्यवस्था रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
डा गौतमले प्रदेशसभाका लागि प्रदेशसभा भवन, सचिवालय भवन, संसदीय दलको कार्यालय, विभिन्न समिति बस्नका लागि कक्षहरू तथा एउटा पुस्तकालय आवश्यक पर्ने संसद सचिवालय आफूले गरेको अध्ययनका क्रममा देखिएको उल्लेख गर्नुभयो ।
संघीय संसद बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने र प्रदेशसभाको हकमा नेपाल सरकारले प्रदेशसभा केन्द्र तोकेपछि सोही स्थानमा तयारी सम्पन्न गरिने उहाँले बताउनुभयो ।
संघीय संसद तथा प्रदेशसभा सञ्चालनका लागि वार्षिक रु दुई अर्ब ५५ करोड खर्च हुने अनुमान सचिवालयले गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
कर्मचारीको हकमा प्रदेश सभाका लागि सरकारले नै कर्मचारीको व्यवस्थापन गर्नुपर्ने संसद सचिवालयको धारणा रहेको छ । संचिवालयले सात प्रदेशका लागि ३५० कर्मचारी आवश्यक पर्ने अनुमान सचिवालयको अध्ययनमा देखिएको उहाँले बताउनुभयो ।
संसद सचिवालयसँग हाल कुल ३५० जनशक्ति भएकाले समायोजनमा जान चाहने कर्मचारीबाहेक आवश्यक थप कर्मचारी काज, समायोजन, लोक सेवा आयोग, अस्थायी तथा स्थायी कर्मचारीको भर्ना गरी व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)
प्रजातान्त्रिक योद्धा पूर्वमन्त्री शाक्यको निधन (05.11.2017)
नेपालको संविधानबाट अमेरिकाले सिक्ने (05.11.2017)
चार दलित महिला सदस्य निर्विरोध (05.11.2017)
मल्लिक आयोगको प्रतिवेदन खोज्दै गृह मन्त्रालय (05.02.2017)



 
::| Latest News

 
[Page Top]