युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:25pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड
Tuesday, 01.09.2018, 01:14pm (GMT+5.5)

काठमाडौं । सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निर्वाचन आयोगले हालसम्म रू पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ । 
आयोगले आइतबार एक विज्ञप्तिमार्फत यही पुस २१ गतेसम्म कुल बजेटको ५७.९६ प्रतिशत रकम खर्च भएको जनाएको हो । कुल ७७ जिल्लामा निकासा भएको रकम रू चार अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रहेको र आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा रू ७६ करोड छ लाख ७८ हजार ६९१ खर्च भएको जनाएको हो । 
प्राप्त बजेटमध्ये आयोगसँग रू चार अर्ब सात करोड ७८ लाख ५२ हजार ७०० रकम बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने विज्ञप्तिमा उल्लेख छ । 
निर्वाचनमा दुई लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो । यस्तै  ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 
आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गरेको समेत जनाएको छ । 
सबै खर्च मितव्ययी तथा पारदर्शी रहेको जानकारी दिँदै आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सरकारबाट जम्मा प्राप्त रू १० अर्ब रकममध्ये रू ३० करोड रकम पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो । यस्तै रू नौ अर्ब ७० करोड रकम निर्वाचन कार्यका लागि छुट्टाइएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)
जनप्रतिनिधिलाई अधिकार कार्यान्वयनको चुनौति (06.15.2017)
जेठ ३१ को निर्वाचनमा सुरक्षा चुनौति बढी (05.24.2017)



 
::| Latest News

 
[Page Top]