युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 05.27.2018, 01:02am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन्
Thursday, 01.25.2018, 12:31pm (GMT+5.5)

काठमाडौं । नेपालका हिन्दु धर्मावलम्बीहरुका लागि भारत र भारतका हिन्दुका लागि नेपालका धार्मिकस्थलहरु निकै महत्वपूर्ण मानिन्छन् । दुबै देशबाट वर्षेन लाखौं धार्मिक पर्यटकहरु ओहोरदोहो गर्दछन् । तर, नेपालबाट भारत जानेहरु भने अनेक किसिमले ठगिने गरेको पाइन्छ । भारतका प्रसिद्ध धार्मिकस्थल बनारस र गया पुग्ने र त्यहाँ गएर पितृको नाममा पिण्डदान गर्ने नेपालीहरु त्यहाँका पुरोहितबाट ठगिने गरेका छन् । 
धार्मिक आस्था र विश्वासका साथ तर्पण र श्राद्ध गर्न त्यहाँ पुगेका नेपाली धर्मका नाममा स्थानीय पुरोहितबाटै ठगिने गरेका हुन् । बनारसमा स्थानीय पुरोहितले नेपालीका लागि भनेर मुण्डन गर्ने स्थान छुट्याएर पैसा लिने गरेका छन् भने गयामा स्थानीय पुरोहितले पूजाआजा तथा श्राद्ध गर्ने स्थान पैसा तिरेर किन्नुपर्ने बाध्यतामा पार्ने गरेको छ । नेपाली त्यहाँ मुण्डन र श्राद्ध गर्न भारु ३०० देखि १० हजाससम्म तिर्न बाध्य हुन्छन् ।
“नयाँ स्थान र नयाँ परिवेशका कारण नेपालीलाई धेरै विषयमा जानकारी नहुनाले उनीहरू ठगिन्छन्” – रूपन्देही शुद्धोधन गाउँपालिकाका बमलाल भण्डारीले भन्नुभयो । नेपालबाट भारतीय तीर्थस्थल पठाउने माध्यमको खोजी गरेरमात्रै धार्मिकस्थल जान नेपालीलाई आग्रह गर्दै उहाँले त्यसरी जाँदा कम खर्चमा तर्पण र श्राद्ध गरेर घर फर्कन सकिने जानकारी दिनुभयो ।
रूपन्देहीको सैनामैना–५ नगरपालिकाका युवराज ज्ञवालीले धर्मको नाममा भारतका तीर्थस्थलहरूमा नेपालीमाथि ठगी हुँदैआएको बताउनुभयो । ती ठाउँमा आफ्नै पुरोहित लगेर पनि श्राद्ध वा तर्पणको काम गराउन नपाउनु नेपालीमाथिको अन्याय उहाँको धारणा छ ।
उहाँले वनारस र गया आउने १० वर्षअघिको धोको पूरा भएको र आफ्ना दिवंगत भएका पितृको आत्माले शान्ति पाओस् भनेर यस क्षेत्रमा तर्पण र श्राद्ध गर्न आएको बताउनुभयो ।
भारतको बनारस र गयामा हरेक वर्ष डिसेम्बरदेखि मार्चसम्म नेपालका विभिन्न जिल्लाबाट झण्डै दुई लाख नेपाली तर्पण र श्राद्ध गर्न पुग्ने गरेको बताइन्छ ।
स्थानीय पं रामकुमार ओझाका अनुसार विष्णु भगवान्ले गयासुर राक्षसलाई दबाएर मारेको र उसलाई पिण्डदान गरेकाले त्यो प्रचलन अहिलेसम्म चल्दै आएको छ । त्यसकारण मृत्युपछि पिण्डदान गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । उहाँले कुनै पनि नेपालीलाई ठग्ने काम नभएको जिकिर गर्दै आफूले गरेको कामको शुल्कमात्रै लिएको बताउनुभयो ।
धुन्धकारीको मृत्युपछि बनेको प्रेतको उद्धार भएको र महाभारत युद्धमा भएको नरसंहारको कंलङ मेटाउन आफ्ना कुललाई पिण्डदान गरेको धार्मिक विश्वास रहेको पं ओझाको भनाइ छ । धेरै नेपाली भारतको बनारस नुहाउन र तर्पणका लागि जाने गर्छन् । श्राद्ध गर्न गया प्रसिद्ध मानिन्छ ।
बनारसमा बाबा विश्वनाथ मन्दिर, शृंगारगौरीमा मन्दिर, काल भैरव, दुर्गाकुण्ड, तुलसी मानस मन्दिर, संकटमोचन मन्दिरलगायतका धार्मिकस्थलमा पूजाआजा र दर्शन गर्न पाइन्छ भने गया मोक्षधामका रूपमा परिचित छ । गयामा श्राद्ध गर्नका लागि एक हजार ४०८ पण्डित छन् जसले आ–आफ्नो धर्म र संस्कारअनुसार श्राद्ध गराउने गर्छन् । भारतको प्रान्तअनुसार बेग्लाबेग्लै धर्म र संस्कारअनुसार यी तीर्थस्थलमा पिण्डदान र श्राद्ध हुने गरेको बताइन्छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)
एक वर्षमा झण्डै छ लाखजना कारबाहीमा (06.15.2017)



 
::| Latest News

 
[Page Top]