युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.16.2018, 12:47am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो
Tuesday, 02.20.2018, 10:45am (GMT+5.5)

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।  
उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अधिकारीले जानकारी दिनुभयो । 
टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको थियो । भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताउनु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । 

राजदूत पुरी मध्यराति बालकोटमा
त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिनुभएको छ । राजदूत पुरीले भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ । 
ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरूले उच्च महत्व दिने उल्लेख गरिएको छ । 
त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न भारत तयार रहेको पत्रमा उल्लेख रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ । 



Rating (Votes: )   
Share     Print


Other Articles:
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)
सुडान काण्डका आरोपित पूर्वप्रहरी अधिकारी जेल चलान (06.28.2017)
नारायणगढ–मुग्लिन सडक राति बन्द दिउँसो चल्ने (06.28.2017)
मनोनयका दिन ठूला दलहरूबी झडप (06.22.2017)



 
::| Latest News

 
[Page Top]