युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 05:05am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन
Tuesday, 03.20.2018, 10:59am (GMT+5.5)

काठमाडौं । सरकारले पूर्णता पाएसंगै प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य दैनिक प्रशासन चलाए जस्तो गरी मात्रै काम गर्ने प्रवृत्ति त्यागेर सक्रियताका साथ काम गर्न सरकारका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्का सबै सदस्यलाई साथै राखेर प्रधानमन्त्रीले अब सामान्य तरिकाले सरकारी प्रशासन नचल्ने भएकाले विशेष भूमिकाका साथ जनताको सेवामा लाग्न सबैलाई निर्देशन दिनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो, “दैनिक सामान्यरूपमा मात्रै काम गर्ने तौरतरिकाले अब सरकार चल्न सक्दैन । सरकारको काम कारबाहीमा गति देखिनु पर्दछ । जनताप्रतिको प्रतिबद्धता देखिनु पर्दछ । समृद्ध नेपाल र सुखी नेपालीको सपना देखिनु पर्दछ । घिसिपिटी तरिकाले हुँदैन र हुन सक्दैन ।”
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनको महत्वपूर्ण कार्यभारका रूपमा रहेको ऐतिहासिक प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारको दायित्वसमेत असाधारण र ऐतिहासिक रहेकामा मन्त्रिमण्डलका सदस्य र सरकारका सचिवलाई निर्देशन गराउनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो, “यो सामान्य सरकार होइन, असामान्य सरकार हो । हामीले जिम्मेवारी पनि असामान्य तरिकाले नै निर्वाह गर्नुपर्दछ । समान्य समय ठानेर दैनिक कार्य सञ्चालन गर्ने तरिकाले मात्रै सरकार र सरकारी निकाय चल्न सक्दैन ।”
प्रधानमन्त्रीले सन् २०३० सम्म नेपालले दिगो विकास लक्ष्य पूरा गर्नुपर्ने भएकाले सोहीअनुसार अगाडि बढ्नसमेत निर्देशन दिनुभयो । संविधानले उल्लेख गरेको मौलिक हकमा समावेश गरिएका सबै विषयलाई कार्यान्वयन गर्न पनि सबैको साझा प्रयासको जरूरी रहेको प्रधानमन्त्रीको भनाइ थियो । 
प्रधानमन्त्रीले सरकारको बृहत् दायित्वलाई पूरा गर्नसमेत साझा प्रयास र साझा संकल्पको जरूरी रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले शान्ति सुरक्षामा खलल पु¥याउने, मुलुकको सार्वभौमसत्ता, अखण्डतामा आँच आउने तथा सामाजिक अमनचयन खल्बल्याउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रण गर्नसमेत निर्देशन दिनुभयो । 
प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामा खलल पु¥याउन खोज्ने, सामाजिक सद्भाव बिर्गान खोज्ने जो कोहीलाई पनि पूर्णरूपमा नियन्त्रण गर्नुस् । त्यसमा कुनै सम्झौता हुँदैन ।” प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमितता, अपारदर्शी कार्यमा समेत भ्रष्टाचार कर्तव्यबाट च्यूत हुने, अनियमतता बहानाबाजी गर्ने, जनताको सेवाबाट च्यूत हुने कार्य कदापि पनि स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाइ थियो । 
वर्तमान सरकार ऐतिहासिक अभिभारा पूरा गर्न आएको भन्दै कामचलाउ ढंगले चल्ने र चलाउन खोज्ने प्रवृत्तिसमेत स्वीकार्य नभएको उल्लेख गर्नुभयो । 
वर्तमान सरकार समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा गर्न गठन भएकाले सोहीअनुसार गर्न तथा जनतालाई केन्द्रमा राखेर परिणाम निस्कने गरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)



 
::| Latest News

 
[Page Top]