युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 04:20am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित
Tuesday, 03.20.2018, 10:59am (GMT+5.5)

वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपति पदमा उहाँको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको हो । हाँले सोमबार शपथग्रहण लिनुभयो । 
उहाँको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरूङ, पम्फा भुसाल र भानुभक्त ढकाल हुनुहुन्थ्यो । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरूङ रहनुभएको थियो । 
उहाँलाई आइतबार नै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको ‘जनयुद्ध’मा ‘पासाङ’को नामले परिचित पुन २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्व. मनसरा पुन बुबा रामसुर पुनको माइलो सुपुत्रका रुपमा जन्मनु भएको हो । किसान परिवारका रामसुरलाई छोरा पढाउन निकै समस्या थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोरालाई अध्ययन गराउनुभयो । प्युठान अड्डाबाट मुद्दा जितेर खोसिएका सम्पत्ति फिर्ता लिनुभयो । पाँचै भाइ छोरालाई रामसुरले त्यतिबेला आइएभन्दा माथिको अध्ययन गराउनुभयो । ८३ वर्षीय रामसुर अहिले पनि कृषि कर्ममा नै सक्रिय हुनुहुन्छ ।
पासाङको जेठा दाजु वीरबहादुर पुन इन्जिनियर, साइँला भाइ भीमप्रकाश पुन उच्च माध्यमिक विद्यालय प्राचार्य, काइँला भाइ दीपक पुन शिक्षण पेसा छाडेर खेती किसानी गर्नुहुन्छ । कान्छा भाइ कमल पुन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रहँदा सशस्त्र संघर्षमा २०५९ मा राज्यपक्षबाट मारिनुभयो । श्रीमती हस्तमाली पुनले जनयुद्धमा स्थानीय पार्टी कमिटीमा रहेर काम गर्नुभयो । उहाँको जेठो छोरा जितेन्द्र र कान्छो छोरा दीपेशसमेत पढाइ छाडेर जनयुद्धमा सहभागी हुनुभयो । 
राजनीति शास्त्रमा स्नातकोत्तर गर्नुभएका पुनले औपचारिक शिक्षाबाहेक सैन्य विज्ञान, राजनीति दर्शनसमेत अध्ययन गर्नुभएको छ । उहाँले नौ कक्षामा पढ्दै गर्दा २०३९ मा जङ्कोट–१, माडिचौरनिवासी हस्तमाली पुनसँग प्रेम विवाह गर्नुभयो । विसं २०३७ सालमा रोल्पाको राङ्सीमा कक्षा सातमा पढ्दा उहाँ अनेरास्ववियू छैटौँको इकाइ अध्यक्ष हुनुभयो । 
तत्कालीन माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्र मशालले २०४८ पछि वाइसिएललाई लडाकु दस्ता बनाएर वर्ग सङ्घर्ष चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । विसं २०४८ को निर्वाचनमा रोल्पाबाट जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन उहाँ गाउँगाउँमा सांस्कृतिक कार्यक्रम गर्दै हिँड्नुभयो ।
विसं २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बन्नुभएका पुनले शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गर्नुभयो । २०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकता केन्द्र मशालको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गर्नुभयो ।
उपराष्ट्रपति पुन राष्ट्रियताप्रति त्यत्तिकै संवेदनशील हुनुहुन्छ । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उहाँको बानी छ । विसं २०६९ जेठ १७ मा उहाँको दुवै मिर्गौला काम नलाग्ने भयो । उहाँ मृत्यु नजिक हुनुहुन्थ्यो । सरकार र पार्टीले विदेश लगेर उपचार गर्न थालेको प्रयास उहाँले अस्वीकार गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)
छलाख उनन्चालीस हजार सवारी कारबाहीमा (07.26.2017)
नआउने भो दशैंमा मेलम्चीको पानी (06.28.2017)



 
::| Latest News

 
[Page Top]