युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 09.26.2018, 05:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति
Tuesday, 03.27.2018, 12:12pm (GMT+5.5)

काठमाडौं । प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । 
शनिबार बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिलमात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताउनुभयो । 
बैठकले निर्वाचन पर्यवेक्षकका रूपमा जारी गरिएको प्रतिवेदनसमेत फिर्ता लिन युरोपियन युनियनलाई आग्रहसमेत गरेको छ । काउन्सिलजस्तो संस्थाले आमसञ्चारमाध्यमको क्षेत्रमा कर्तव्य र जिम्मेवारी निर्वाह गर्न कमजोर र अप्रभावशाली देखिन्छ भन्ने कुरा प्रतिवेदनमा युरोपियन युनियनले उल्लेख गरेको छ । 
बैठकले काउन्सिलबाहेक सञ्चारमाध्यमको निर्वाचनको समयमा आचारसंहिता अनुगमन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै युरोपियन युनियनले नेपाली सञ्चारमाध्यमको अनुगमन गरी प्रतिवेदनसमेत सार्वजनिक गर्नु गैरकानूनी र अधिकार क्षेत्रको हस्तक्षेपका साथै नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथिको हस्तक्षेप गरेको कार्यवाहक अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
युरोपियन युनियनलाई नेपाल र नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै बैठकले जातीय तथा साम्प्रदायिकता भड्काउने र काउन्सिलका पदाधिकारीलाई राजनीतिक दलसँग जोड्ने युरोपियन युनियनको कार्यप्रति काउन्सिलले आपत्ति जनाएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)
बाढीपीडितलाई एक महिनाको तलब (08.15.2017)
संविधान संशोधन पारित भए निर्वाचनमा भाग लिने (08.08.2017)



 
::| Latest News

 
[Page Top]