युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:26pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए
Tuesday, 04.24.2018, 01:12pm (GMT+5.5)

काठमाडौं । सम्पन्न तीन तहको निर्वाचनमा नराम्रोसंग पराजित भएको नेपाली काँग्रेसका नेताहरुले नेतृत्वको कमजोरीका कारण पार्टी पराजित भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राख्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । त्यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 
चैत १६ गतेको सातौँ दिनको बैठक भने नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पन्न भएको थियो । अन्य बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्ष÷विपक्षमा तर्क गर्नेक्रम जारी छ । 
बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले लिखित विचार र राजनीतिक प्रस्ताव राख्नुभएको थियो । 
उहाँले स्थानीय निकायको निर्वाचनमा भएको काँग्रेसको पराजयलाई केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिइ तीनै गल्ती र कमजोरीलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुपरेको उल्लेख गर्नुभएको छ । 
संस्थापक नेता बिपी कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेका कारण काँग्रेस आजको दुःखदायी अवस्थामा आइपुगेको निष्कर्ष निकाल्दै उहाँले बैठकमा भन्नुभयो, “पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिँदै हामी कहिले उग्रवामपन्थीसँग अंकमाल गर्न पुग्याँै भने कहिले उग्रदक्षिणपन्थीसँग । सिद्धान्त, निष्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो ।”
उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई आफूले १३औँ महाधिवेशनमा दिएको समर्थन फिर्ता लिएकोसमेत उल्लेख गर्नुभएको छ । नेता गुरुङले गत महाधिवेशनमा आफूसमेत देशभरका महाधिवेशन प्रतिनिधि साथीले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय बनेका देउवाले आफ्नो विश्वास र पार्टीको सिद्धान्तविपरीत पार्टीमा गुटलाई प्रोत्साहित गरेको आरोप लगाउनुभयो । 
नेता गुरुङले भन्नुभयो, “काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी सबै तहका समितिलाई विघटन गरी तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो ।” 
अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले वाम गठबन्धन नै काँग्रेस हारको मुख्य कारण भएको बताउनुभयो । उहाँले काँग्रेस निर्वाचनपछि संसद्मा दोस्रो दलका रुपमा भए पनि निर्वाचन आयोगमा सबैभन्दा बढी जनमत भएको पहिलो पार्टी भएको स्पष्ट पार्नुभयो । 
विपक्षी दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई लगाएको महाअभियोगको पक्षमा बोल्ने र आफ्नो पार्टी नेतृत्वमा न्यायालयको साख जोगाउन प्रधानन्यायाधीशलाई लगाइएको महाअभियोगका विपक्षमा बोल्ने पार्टीका केही नेताहरूको अनुशासनहीनता, नैतिकहीन र अराजकताका कारण पनि पार्टी पराजय भएको नेता विकको टिप्पणी थियो ।
उहाँले फरकफरक महाअभियोगमा संलग्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा विजयी हुने अनि काँग्रेस महाअभियोगका प्रकरण कारण निर्वाचनमा पराजय भयो भन्न मिल्छ भनी प्रश्न गर्नुभयो । 
पार्टी पराजयको समीक्षासँगै केन्द्रीय सदस्यलाई आगामी दिनका कार्ययोजना ल्याउन आग्रह गर्दै उहाँले अन्य पार्टीको तुलनामा काँग्रेस केन्द्रीय समिति सानो आकारको भएकाले विधान संशोधन गरी ठूलो आकारको केन्द्रीय समिति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पार्टीमा त्याग गरेको र जित्नेभन्दा पनि आफ्ना मान्छेलाई खोजीखोजी टिकट वितरण गरेका कारण अधिकांश स्थानमा पराजय भोग्नुपरेको आरोप लगाउनुभयो । 
टिकट वितरणमा आर्थिक चलखेलसमेत भएको बताउँदै उहाँले त्यसरी भएको पराजयको जिम्मेवार को हुने भनी नेतृत्वसँग प्रश्न गर्नुभयो । गणेश प्रवृत्तिलाई पुरस्कृत गर्ने र कुमार प्रवृत्तिको वास्ता नगर्ने संस्कृतिको अन्त्य नभएसम्म काँग्रेसमा सुधार नहुने भन्दै उहाँले सानो घेरामा रहने र त्यसैमा रमाउने बानीबाट नेतृत्वलाई मुक्त हुन आग्रह गर्नुभयो । 
विधानभन्दा माथि कोही पनि हुन नहुने भएकाले पार्टीका सबै गतिविधि विधानसम्मत हुनुपर्ने माग गर्दै नेता पौडेलले महासमिति बैठक बोलाई शीघ्र महाधिवेशन गर्नुपर्ने माग गर्नुभयो । 
केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीमा सामूहिक नेतृत्वको प्रयोग भएकाले जस अपजस पनि सामूहिकरुपमा लिनुपर्ने बताउँदै पराजयका सम्बन्धमा नेता नै आरोपप्रत्यारोपमा उत्रँदा कार्यकर्तामा थप निराशा पैदा भएको उल्लेख गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)
चम्काउन थालियो पशुपतिनाथ मन्दिर (09.12.2017)
महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन (09.12.2017)
सरकारी चिकित्सकलाई क्लिनिक नचलाउन निर्देशन (08.29.2017)



 
::| Latest News

 
[Page Top]