युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.25.2018, 02:42am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
संकटमा मेलम्ची खानेपानी आयोजना
Tuesday, 06.12.2018, 03:14pm (GMT+5.5)

काठमाडौं । उपत्यकाबासीको दुई दशकअघिदेखिको सपनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र परेको छ । सुरुङमार्ग निर्माण गर्ने ठेकेदार सिएएमसी रेभेनाले  तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि आयोजना तोकिएको समयमा सम्पन्न नहुने देखिएको हो ।
यसबीचमा खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गर्नुभएको छ । 
मन्त्री मगरले हालै परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाधानका लागि आग्रह गर्नुभएको हो । खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीव्रता नदिएपछि इटालीको सरकारसँग कूटनीतिक पहल गर्न अनुरोध गरिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिनुभयो । 
ठेकेदार आफैँ सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको तथा बारम्बार प्रतिबद्धता जनाउने र काम नगर्ने अवस्था आएको छ भन्दै कूटनीतिक पहल जरुरी रहेका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराइएको सचिव बिसीको भनाइ छ । मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा चासो राख्न लगाउनका लागि नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभयो । 
गत चैत २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने भनी ठेकेदारको प्रतिबद्धता आएको थियो ।  ठेकेदार कम्पनीले आगामी भदौ १५ भित्र आयोजना सम्पन्न गर्ने र सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजना बनाएको थियो ।  ठेकेदार कम्पनीले माग दावी गरेको र हाल विवाद समाधान समितिमा पुगेको विषय फरक भएकाले उक्त विषयलाई नजोडी उक्त कार्ययोजनामा ठेकेदार पक्षले सहमति व्यक्त गरे पनि नियतवश काम नगरेको पाइएको सचिव बिसीको भनाइ छ । 
परराष्ट्रमन्त्री ज्ञवालीले सो विषयमा विस्तृतमा छलफल गरेर इटालेली दूतावासमा कुरा गरिने बताउँदै नेपालको राष्ट्रिय गौरवको  मेलम्ची खानेपानी आयोजना समयमा नै सम्पन्न गर्न नयाँ दिल्लीस्थित इटालेली दूतावासमा आवश्यक पहल गरिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । 
इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिई काम शुरु गरेको थियो । कम्पनीको ठेक्काको म्याद गत वैशाख ३१ गते नै सकिसकेको छ । आयोजनाको मुख्य कामे सुरुङ बने पनि सुरुङभित्रको अरु काम बाँकी छ । ठेकेदारले कार्ययोजनानुरुप आफ्नो पूर्ण क्षमतामा काम गरेमा आगामी भदौ १५ गतेभित्र काठमाडौँमा पानी ल्याउन सकिने सम्भावना अझै छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)
पार्टी एकताको प्रस्ताव आफूले राखेको प्रचण्डको खुलासा (10.11.2017)



 
::| Latest News

 
[Page Top]