युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 03:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ?
Tuesday, 06.12.2018, 03:16pm (GMT+5.5)

धनगढी  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपु¥याएसम्म विश्राम नलिने बताउनुभएको छ । 
शुक्रबार नेपाली कांग्रेस कैलालीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्र्तघात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पार्नुभयो । 
सभापति देउवाले देशमा जवरजस्ती आफ्ना विचार लादेर सर्वसत्तावाद ल्याउने प्रयास भइरहेको भन्दै कांग्रेसले प्रजातन्त्र कुनै पनि हालतमा कमजोर हुन नदिने बताउनुभयो ।
विगतमा आफूले धनगढीको गौरीफन्टा नाकाको स्तरोन्नतिको पहल गरेपनि ओली सरकार भारतसँग लम्पसारवादमा गएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “गौरीफन्टा नाका बन्द गर्ने षडयन्त्र भइरहेको छ, यो षड्यन्त्रलाई सफल हुन दिने छैन ।” 
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय रमेश लेखक र ईश्वरी न्यौपानेले मुलुकमा सर्वसत्तावाद र अधिनायकवादको खतरा रहेकाले कांग्रेसका नेता कार्यकर्ताले सचेत भएर पार्टी संगठनमा लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा पार्टीका जिल्ला सभापति नरनारायण शाह, नेताहरू रामजनम चौधरी मोहनसिं राठौर, डा रणबहादुर रावल, भरतवहादुर खड्का लगायतले पाटीृभित्र अन्तरघातको रोग हटाउनुपर्नेमा जोड दिनुभयो । दुई दिने सम्मेलनमा जिल्लाभरका एक हजार नेता कार्यकर्ता सहभागी छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)
गोरखाबाट इञ्जिनियर फिर्ता ः सर्भेक्षण प्रभावित (11.15.2017)



 
::| Latest News

 
[Page Top]