युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.25.2018, 02:30am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड
Tuesday, 06.12.2018, 03:17pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा गर्ने चीन भ्रमण विगतमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयनमा केन्द्रित गर्न राजनीतिकर्मी एवं परराष्ट्र मामिलाका जानकारले सुझाव दिनुभएको छ । 
मदन भण्डारी फाउण्डेशनले आइतबार आयोजना गरेको ‘नेपाल–चीन सम्बन्धको परिवर्तित आयाम’ विषयको अन्तक्र्रियामा सहभागीले दुई तिहाइ बहुमतको वर्तमान सरकारले निर्धक्क भएर राष्ट्रिय हितमा आफ्ना कुरा राख्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीमबहादुर रावलले नेपाल संवेदनशील भूराजनीतिक अवस्थामा रहेको नेपालले चीनसँग गरिएका सम्झौतालाई विश्वासका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।  पूर्वउपप्रधानमन्त्री रावलले चीनसँग पारस्परिक सम्बन्ध विस्तार गरी विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिँदै चीन र भारतबाट नेपाल आउने भनिएका रेलसेवा उपयुक्त कानूनी रुपरेखा तयार गरेर अघि बढाउन सुझाव दिनुभयो ।   
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रिय हित प्रवद्र्धनलाई केन्द्रमा राखेर मुलुकको परराष्ट्र सम्बन्ध अघि बढाउनुुपर्ने बताउँदै प्रधानमन्त्री ओलीलाई अघिल्लो पटक प्रधानमन्त्री हुँदा चीनसँग गरिएका सम्झौता कार्यान्वयन गर्ने ठूलो अवसर प्राप्त भएको छ भन्नुभयो । 
विगतमा आर्थिक नाकाबन्दीबाट मुलुकलाई निकास दिन तत्कालीन सरकारले चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको कुरा मुलुकका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले मुलुक समृद्धिका लागि उक्त सम्झौता कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो । 
कार्यक्रममा डा विपीन अधिकारीले ‘नेपाल–चीन व्यापार सम्झौता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै विगतमा सम्झौता भएका रेलमार्ग, पेट्रोलियम पदार्थको पाइपलाइन, बूढीगण्डकी जलविद्युत् आयोजना, कृषि, पर्यटनलगायत विषयलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिनुभयो ।  राजनीतिक अर्थशास्त्री कल्याण रोकाले ‘चीनको पेटी मार्ग अवधारणाः नेपालको दृष्टिकोणबाट’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै नेपालले बीआरआइमा सामेल हुँदा  कानूनी जटिलताहरु पनि आउने  विचार राख्नुभयो । 
चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्केले नेपाल चीन सम्बन्ध बहुआयामिक भएकाले त्यसलाई विश्वासका आधारमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा सांसद छक्कबहादुर लामा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, पूर्वसांसद लालबाबु यादव, पत्रकार ध्रुवहरि अधिकारीलगायत नेपाल–चीन सम्बन्धका अध्येताले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा नेपालले उठाउनुपर्ने विषय र चीनबाट लिन सक्ने सहयोगका सम्बन्धमा सुझाव दिनुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)
प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी (12.12.2017)
सबैभन्दा बढी उम्मेदवार काँग्रेसका (11.28.2017)



 
::| Latest News

 
[Page Top]