युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 02:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ
Wednesday, 07.25.2018, 12:24pm (GMT+5.5)

काठमाडौं । पत्रकारिता अत्यन्त गहन, मर्यादित र जिम्मेवार पेशा हो । यो केवल पेशा वा जीवन निर्वाहको मेसो मात्र नभएर राष्ट्रप्रतिको जिम्मेवारी पनि भएकाले यसलाई राज्यको चौथो अंग मानिन्छ ।
तर, पछिल्ला केही वर्षयता पत्रकारिताको मर्यादा घट्दो छ । विश्वसनीयता गुम्दो छ । समाजलाई सुसूचित गर्नुको साटो भ्रम छर्ने काम भैरहेका छन् । प्रेस काउन्सल नेपालमा परेको उजुरीको चाङले यस्तै देखाउँछ ।
विसं २०७३ मंसिरमा ‘जनआह्वान’ साप्ताहिकमा प्रकाशित ‘टेलिकम डुबाउने खेलमा सचिव थपलिया, के के छन् कर्तुत’ शीर्षकको समाचारले आफ्नो चरित्रहत्या भएको भन्दै गोविन्दसिंह भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी हाल्नुभयो । 
त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षक प्रदीप बुढाथोकीले पनि २०७३ मंसिरमा ‘जनमञ्च’ साप्ताहिकमा प्रकाशित ‘सशस्त्रमा राणा शासन’ शीर्षकको समाचार झुटो भएको भन्दै काउन्सिलमा उजुरी हाल्नुभयो । यी त प्रतिनिधि उजुरी मात्रै हुन् । 
पछिल्लो समयमा पत्रकार आचारसंहिता उल्लंघनका घटनालाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी पर्ने क्रम बढेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन लगायतका सञ्चारमाध्यमले झुटा समाचार प्रकाशन÷प्रसारण गरेको र चरित्र हत्या गरेको लगायत उजुरीमा परेका छन् । 
आर्थिक वर्ष २०७४÷७५ मा १६५ वटा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेका छन् । त्यसैगरी, आव २०७३÷७४ मा ११२, २०७२÷७३ मा १०१, २०७१÷७२ मा ५१, २०७०÷७१ मा ३९ र २०६९÷७० मा ४६ वटा उजुरी परेका छन् । 
आव २०७४÷७५ को पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने चैतमा सात, वैशाखमा नौ र जेठमा नौ वटा उजुरी परेका छन् । काउन्सिलमा परेका उजुरीमध्ये अधिकांश उजुरी फछ्र्यौट भएको छ । 
काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारको आफैँले अनुगमनसमेत गर्दै आएको छ । काउन्सिल आफैँले अनुगमन गर्दा पनि पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको पाइन्छ । 
माथिको तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ कि काउन्सिलको सक्रियता बढ्दै छ, पत्रकार आचारसंहिताका घटना झन् झन् बढ्दै छन् र आम पाठक, श्रोता र दर्शक सचेत हुँदैछन् । यी उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्र हत्या गरेको, मान हानि भएको लगायतका विषयमा उजुरी परेको छ । 
मिडियाले जथाभावी बोलेर र लेखेर दुःख दिएको खण्डमा उजुरी गर्ने ठाउँ पनि रहेछ भन्ने आम मानिसमा चेतना भएको कारण पनि काउन्सिलमा उजुरीको संख्या बढ्दै गएको हुन सक्ने काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले बताउनुभयो । 
आचारसंहिता उल्लंघनका घटना पत्रपत्रिका, रेडियो र टेलिभिजनभन्दा पनि अनलाइन पत्रिकामा सबैभन्दा बढि रहेको पाइन्छ । काउन्सिलले गरेको अनुगनको प्रतिवेदन हेर्ने हो भने पनि आचारसंहिता उल्लंघन बढेको पाइन्छ । 
विसं २०७४ माघ ७ गतेदेखि अनलाइन माध्यमबाट पनि उजुरी गर्न पाउने व्यवस्था गरेपछि उजुरीको संख्या बढ्दै गएको काउन्सिलले जनाएको छ । 
“एउटा, भर्खरै पत्रकारितामा प्रवेश गर्ने नयाँ पत्रकारबाट नजानेरै आचारसंहिताको उल्लंघन भएको छ भने अर्को कतिपय त्यस्ता पत्रकार हुनुहुन्छ, जानीजानी शक्तिको आडमा उल्लंघन गरिरहनुभएको छ”, सूचना अधिकृत खनालले भन्नुभयो । 
आचारसंहिता उल्लंघन गर्नेलाई काउन्सिलले अन्तिम कारबाहीस्वरुप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बन गर्ने, काउन्सिलको मूल्यांकन वर्गीकरणबाट अलग गर्ने, खेद प्रकट गर्ने र कारबाहीका लागि विवरणसहित सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्न सक्नेछ । 
स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि नियमनकारी भूमिका निर्वाह गर्न २०२८ सालमा काउन्सिलको स्थापना भएको हो । काउन्सिल ऐन भने २०४८ सालमा ल्याइएको थियो । काउन्सिललाई अझै अधिकार सम्पन्न बनाउनका लागि नयाँ काउन्सिल ऐन ल्याउने तयारी भइरहेको छ । 
नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार आचारसंहिता पत्रकारहरुको नैतिक बन्धन जस्तै हो, त्यसैले पत्रकारिता क्षेत्रलाई थप मर्यादित र विश्वसनीय बनाउनका लागि यसको इमान्दारीपूर्वक पालन गर्नुपर्छ भन्नुहुन्छ । 
आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्ने, सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गनुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ । 
त्यसैगरी, पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, भेदभाव हुने गरी र निजी स्वार्थ पूर्तिका लागि सूचनाको सम्प्रेषण गर्नु नहुने र पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने, बीभत्स दृश्य र तस्बीर प्रकाशन वा प्रसारण गर्न नहुने, फोटो तथा दृश्यको गलत प्रयोग गर्न नहुने लगायतका बुँदामा उल्लेख छ । 
किन पत्रकारिता यसरी गलत बाटोमा जाँदैछ, गम्भीर खोजको विषय हो । पछिल्लो समय पत्रकारिता पर्चाकारिता बन्दै गएको छ । अनि पत्रकारहरु राजनीतिक दलमा आबद्ध भएर एक अर्काको बिरुद्धा लाग्ने परिपाटीको विकासले पनि स्वस्थ पत्रकारिताको अभ्यास दुर्लभ भएको हो ।
दलपिच्छेका पत्रकारका संगठन खुलेपछि पत्रकारहरुले दलीय र आफ्नो दलका नेताहरुको स्वार्थकै लागि कलम चलाउनु आश्चर्यको विषय भएन । यो एउटा गम्भीर समस्या हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)
आयोगले खर्च ग¥यो पाँच अर्ब ६२ करोड (01.09.2018)
निजी विद्यालयमा छोरीछोरी पढाउनेसंग अतिरिक्त कर (12.26.2017)
गाडी चढ्न लाइन लाग्न सिकाउँदै ट्राफिक प्रहरी (12.19.2017)
को होला प्रदेश नं ३ को मुख्यमन्त्री ? (12.19.2017)



 
::| Latest News

 
[Page Top]