युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 08:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
बरिष्ठ पत्रकार राचन्यौको देहावशान
Tuesday, 08.28.2018, 01:08pm (GMT+5.5)

काठमाडौं । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक तथा अग्रपुस्ताका वरिष्ठ पत्रकार रामचन्द्र न्यौपानेको ८४ वर्षको उमेरमा गत भदौ ६ गते बिहान लैनचौरस्थित निजी निवासमा अप्रत्यासित निधन भएको दुःखद समाचार छ । वि.सं. १९९१ साल फागुन १८ गते लमजुङ् जिल्लाको जीता–भुसालथोकमा जन्मनुभएका न्यौपाने लमजुङमा शिक्षाको ज्योति फैलाउने एक अग्रणी अभियन्ता हुनुहुन्थ्यो भने राष्ट्रिय रूपमा सुपरिचित विख्यात पत्रकार पनि हुनुहुन्थ्यो । २०१९ सालमा गोरखापत्र दैनिकमा प्रवेश गरी पत्रकारितामा सक्रिय रहनुभएका न्यौपानेले गोरखापत्र र मधुपर्कको प्रधान सम्पादक भएर २०४९सम्म सेवा गर्नुभएको थियो ।
दिवंगत न्यौपाने कुनै बेला रेडियो नेपालको लोकप्रिय कार्यक्रम सामयिक चर्चाका लेखक पनि हुनुहुन्थ्यो । गोरखापत्रबाट अनिवार्य अवकाश लिएपछि उहाँ ‘जनसत्ता साप्ताहिक’को प्रधान सम्पादक भएर सक्रिय पत्रकारिता गरिरहनुभएको थियो । विगतमा उहाँकै सक्रिय लेखन र निर्देशनमा ‘राष्ट्रध्वनि’ साप्ताहिक पनि प्रकाशित हुने गरेको थियो । आधा शताब्दीभन्दा लामो समयसम्म सक्रिय पत्रकारिता गर्नुभएका न्यौपानेले जर्मनीको बर्लिनबाट पत्रकारिमा डिप्लोमा र त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको थियो ।
लमजुङमा शैक्षिक जागरणको अभियान सञ्चालन गर्ने क्रममा उहाँले शान्ति हाइस्कूल कुन्छा र लमजुङ इण्टर कलेजको स्थापनामा नेतृत्वदायी भूमिका खेल्दै केही समय त्यहाँ अध्यापन पनि गर्नुभएको थियो । नेपाली पत्रकारितामा उहाँबाट दीक्षित पत्रकारहरूको संख्या उल्लेख्य छ । अघिल्लो साँझसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि बिहानीपख उहाँ आफ्नै शयनकक्षमा मृत अवस्थामा देखिनुभएकाले हृदयाघात नै मृत्युको कारण रहेको हुनसक्ने अनुमान छ । दिवङ्गत न्यौपानेका दुई श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
शोकको यस घडीमा युगसम्वाद परिवार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछ !


Rating (Votes: )   
Share     Print


Other Articles:
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)
दोस्रो किस्ता लिने समय चैत मसान्तसम्म (02.20.2018)
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो (02.20.2018)
भारत पुगेर पिण्डदान गर्ने नेपाली ठगिन्छन् (01.25.2018)
कहिले दिने द्वन्द्वपीडितलाई न्याय (01.25.2018)



 
::| Latest News

 
[Page Top]