काठमाडौं । वीर गोर्खाली, बुद्धm सगरमाथा जस्ता पक्षबाट चिनिने नेपाल र नेपालीलाई अब अन्तर्राष्ट्रिय जगतले विश्वमै सबैभन्दा लामो समयसम्म लगातार बोल्ने क्षमताका रुपमा पनि चिन्ने छ ।
नेपालीका नाममा ‘गिनिज वल्र्ड रेकर्डस्’मा अनेक कीर्तिमान छन् । यस्तैमा अर्को एउटा कीर्तिमानन थपिनेछ विश्वमा सबैभन्दा बढी समयसम्म बोल्ने । यो कीर्तिमान कायम गर्दैछन् अनन्तराम केसीले । हिजो सोमबारबाट उनको अभियान सुरु भएको छ ।
सोमबार विहान ठीक ६ बजे काठमाडौंको जोरपाटीस्थित इस्ट पोल स्कूल’को सभाहलमा कार्यक्रम सुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका संयोजक कुमाराज सुवेदीले केसीलाई शुभकामना दिनुभएको थियो ।
लगातार सबैभन्दा बढी समयसम्म अहिलेसम्मको कीर्तिमान भारतको केरलाका केपी भाल साराजानको नाममाछ । उनले ८१ घण्टा १६ मिटेको कीर्तिमान छ । अनन्तले कम्तिमा ९० घण्टाको कीर्तिमान राख्ने योजना रहेको बताउनुभएको छ ।
अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोल्नुभएको थियो । त्यसबेला प्राविधिक कारणले प्रमाणीकरण हुन नसकेपछि यसवर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थाल्नुभएको हो ।
शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागी त्यसको तालीम समेत दिने गर्नुभएका केसीले यसपटक ‘विश्वले चिन्ने छ, नेपालीलाई’ भन्ने नारासाथ नयाँ कीर्तिमान कायम गर्न लाग्नुभएको हो ।