युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 07:22pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन
Tuesday, 09.04.2018, 12:37pm (GMT+5.5)

काठमाडौं । भदौ १ गतेदेखि लागू भएका मुलुकी ऐन (संहिता)का कतिपय प्रावधानमा प्रेसलाई अंकुश लगाउने देखिएकाले विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्ने उल्लेख गर्दै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा  भएका गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्था प्रेस स्वतन्त्रताविरुद्ध रहेकाले ती कानुनी दफालाई संशोधन गरिनेमा जोड दिए । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य पम्फा भुसालले प्रेस स्वतन्त्रता सुनिश्चित गरेर मर्यादित पत्रकारिता बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । ‘‘लोकतन्त्रको मूल्य र मान्यता नै प्रेस स्वतन्त्रता हो, ’’ उहाँले भन्नुभयो, ‘‘लोकतन्त्रको सुदृढीकरणका  लागि प्रेस स्वतन्त्रता चाहिन्छ । त्यसैले प्रेसलाई सङ्कुचन पार्ने खालको कानूनलाई संशोधन गर्दछौ ।’’
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले संविधानमा व्यवस्था भएअनुसारका प्रेस स्वतन्त्रतासँग बाझिएका कानून खारेज गर्नुपर्नेमा जोड दिँदैप्रेस स्वतन्त्रतासम्बन्धी अलग्गै कानून बनाएर यस क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयोे । उहाँले   पत्रकारिता क्षेत्रमासमेत विकृति देखिएकाले पत्रकार आचारसंहितालाई प्रभाबकारी बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  
सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अहिलेको नयाँ कानूनले प्रेस स्वतन्त्रतालाई बाँधेकाले त्यसलाई संशोधन गराउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले अन्य देशका कानून र सर्वोच्च अदालतको नजिरबमोजिम उक्त संहिता संशोधन गरिनुपर्नेमा जोड दिनुभयो ।  महासङ्घका अध्यक्ष गोविन्द आचार्यले अहिलेको कानूनबमोजिम   प्रेस स्वतन्त्रता विरुद्धका  कुनै घटना भए राज्यले नै क्षति व्यहोर्नुपर्ने बताउनुभयो । 
वरिष्ठ पत्रकार हरिहर विरहीले आजसम्म उपभोग गदैआएको प्रेस स्वतन्त्रताभन्दा पनि कठोर कानून ल्याएको आरोप लगाउनुभयो । ‘‘पञ्चायत कालमासमेत यस्तो कठोर कानून ल्याइएको थिएन’’ उहाँले भन्नुभयो,‘‘तर अहिले प्रेस स्वतन्त्रतासम्बन्धी कठोर कानून ल्याइएकाले यसलाई संशोधन गरिनुपर्छ ।’’
‘कान्तिपुर’ दैनिकका प्रधान सम्पादक नारायण वाग्लेले राज्यको प्रेसप्रति नकारात्मक मानसिकता भएको र नयाँ कानूनसँगै पत्रकारितामा ‘सेल्फ सेन्सरसीप’ शुरु भएको बताउनुभयो । 
‘हिमाल’ खबरपत्रिकाका  सम्पादक किरण नेपालले अहिलेको कानूनले प्रेसलाई नियन्त्रणभन्दा पनि नागरिकको स्वतन्त्रता हनन भएको  बताउनुभयो । प्रेस सङ्गठन नेपालका कमल गिरी, प्रेस युनियन नेपालका कोषाध्यक्ष सरोज अधिकारी र सञ्चारिका समूहका उपाध्यक्ष नितू पण्डितले पत्रकारलाई भयरहित अवस्थामा काम गर्न दिन चाँडै संशोधन गर्नुपर्नेमा जोड दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)
कसरी बोल्ने संसदमा ? नेम्वाङको सुझाव यस्तो छ (03.06.2018)



 
::| Latest News

 
[Page Top]