युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.15.2019, 03:12am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
संविधान दिवस राष्ट्रको चाड बनाऔं
Tuesday, 09.04.2018, 12:38pm (GMT+5.5)

काठमाडौं । ऐतिहासिक संविधनसभाले संविधान जारी गरेको दिनलाई राष्ट्रको साझा चाड बनाउनुपर्नेमा जोड दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाइ राष्ट्रको साझा चाडका रुपमा मनाउनुपर्ने बताउनुभएको हो ।
गृह मन्त्रालयमा आइतबार संविधान दिवस मूल समारोह समितिले आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको राष्ट्रको सबैभन्दा ठूलो पर्व संविधान दिवसलाई महोत्सवका रुपमा मनाइनुपर्नेमा जोड दिनुभयो ।
“संविधान दिवसलाई हाम्रा चाड, उत्सव र  दिवसमध्ये राष्ट्रको साझा दिवसका रुपमा मनाइनुपर्छ किनकि हाम्रो सङ्घर्ष र बलिदानको सम्मानको खातिर प्राप्त उपलब्धिलाई संस्थागत गर्दै भविष्यको बाटो सुनिश्चित गर्ने काम संविधानले गर्छ, त्यसैले दिवसलाई तदअनुसार नै राष्ट्रिय साझा दिवसका रुपमा मनाइनुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।
संविधान दिवसलाई सरकारी कर्मकाण्डीका रुपमा मात्रै सीमित गर्न नहुने बरु यसलाई जनस्तरमा पु¥याइनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सरकारी कार्यक्रम कर्मकाण्डी भए । जनताले अनुभूत गर्न पाएकै छैनन् । संविधान दिवस एउटा व्यक्तिको जन्मदिन मनाएजस्तो होइन, यसलाई पृथक ढङ्गले मनाउनुपर्छ ।” 
प्रधानमन्त्री ओलीले धेरै ठूलो असहज र अप्ठ्यारोबाट संविधान जारी गरी कार्यान्वयनको दिशामा अघि बढेको र त्यसअनुसारको संरचना बनेको उल्लेख गर्दै यसको सम्बद्र्धनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।  
प्रधानमन्त्रीले विद्यालय तहदेखि नै संविधानका बारेमा जानकारी गराउन आग्रह गर्दै कवि, लेखक कलाकार आदिमार्फत स्वतःफूर्त ढङ्गले रचनात्मक क्रियाकलाप गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “संविधान र समृद्धिका विषयमा कविगोष्ठी गर्नुस् । सङ्घीय संसद् भवनको अगाडि नेपालको संविधानको स्मारक राखौँ, यस्ता खाले कार्यक्रम जनव्यापी हुने र भविष्यमा पनि स्मरणमा रहने हुन्छन् । यस्ता राष्ट्रिय कार्यक्रम जनताको भएकाले जनस्तरमा पु¥याउनुपर्छ ।
यो हाम्रो सुन्दर भविष्यको रेखाङ्कन गरिएको कार्यक्रम भएकाले धूमधामसँग जनस्तरमै मनाइनुपर्छ । शहर, नगरपालिका झाँकीमय हुनुपर्छ, धूनमय बन्नुपर्छ, गाउँ, टोल आफ्नो पहिचानका साथ जुट्नुपर्छ, अनि मात्र यसको सार्थकता झल्किन्छ ।”

प्रमको अध्यक्षतामा मूल समिति
आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । समितिमा  प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, उपसभामुखलगायत ३३ सदस्य हुनुन्छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा २२ सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति र  काठमाडौँका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा  कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ । 
सो अवसरमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले संविधान दिवस, मूल समारोह समितिको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमअनुसार असोज २ गते काठमाडौँ उपत्यकाभित्रका सबै सरकारी कार्यालय, महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगरको शृङ्गार र सरसफाइ गर्ने एवं मुलुकभरका सरकारी कार्यालय तथा नागरिकले घरघरमा सरसफाइ र दीपावली गर्नेछन् 
राष्ट्रिय सञ्चारमाध्यममा संविधानको विषयमा केन्द्रित रही विशेष परिसंवादलगायत कार्यक्रम प्रसारण– प्रकाशन गर्ने तथा राष्ट्रिय खेलकूद परिषद्बाट म्याराथुन तथा क्रिकेट खेलको आयोजना र साँझ दीपावली गरिने कार्यक्रम छ ।
असोज ३ गते सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिनेछ जहाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावको उपस्थिति रहनेछ । बिहान नेपाली सेनाद्वारा बिगुल(रिभ्याली) बजाउने, नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ (स्याल्भो र भली फायर) गर्ने कार्यक्रम छ ।
यस्तै असोज ४ गते सबै जिल्लामा वृक्षरोपण, रेडियो नेपालबाट जागरण गीत सम्मेलन तथा स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रसको समन्वयमा मुलुकभरी खुला रक्तदान कार्यक्रम गरिनेछ । विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्यदूतावासमा पनि संविधान दिवस मनाइने तथा असोज २, ३ र ४ गते साँझ दीपावली गरिनेछ छ । 
काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानी केन्द्र, जिल्ला र स्थानीय तहमा संविधान दिवस जिल्ला समारोह समिति गठन गरी सरसफाइ, प्रभातफेरी, खेलकूद, प्रवचन र साहित्यिक गोष्ठी, सांस्कृतिक कार्यक्रम र विभिन्न झाँकी प्रदर्शनीजस्ता विविधि कार्यक्रमका साथ संविधान दिवस मनाइने र तीन दिन साँझ दीपावली गरिनेछ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन (03.20.2018)



 
::| Latest News

 
[Page Top]