युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 11.15.2018, 02:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न
Tuesday, 09.11.2018, 12:04pm (GMT+5.5)

नेपाली सेनाको परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा उहाँले रथी थापालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।  
राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराउनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा उपस्थित हुनुहुन्थ्यो ।  
मन्त्रिगण, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट महानुभावको समारोहमा उपस्थिति थियो ।
सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी तोकेकोे थियो ।
उहाँले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबारै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली  गर्नुभयो । विसं २०१७ भदौ २५ गते लमजुङको गाउँशहरमा जन्मिनुभएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुनुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)
युरोपियन युनियनको प्रतिवेदनप्रति काउन्सिलको आपत्ति (03.27.2018)
उपराष्ट्रपतिमा पुन निर्विरोध निर्वाचित (03.20.2018)



 
::| Latest News

 
[Page Top]