युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:56am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो
Tuesday, 09.25.2018, 12:09pm (GMT+5.5)

काठमाडौं । एमाले र माओवादी एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुटारमा हालै बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोएिको हो ।
पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार प्रदेश नं १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त हुनुभएको छ । 
त्यसैगरी प्रदेश नं २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन हुनुभएको छ । प्रदेश नं ३ को इन्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सहइन्चार्जको नारायण दाहालले पाउनुभएको छ भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन हुनुभएको छ । 
त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपालीले चयन हुनुभएको छ । त्यसैगरी प्रदेश नं ५ को इन्चार्जको जिम्मा शङ्कर पोखरेलले र सहइन्चार्जमा दलबहादुर रानाले पाउनुभएको छ भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रशाद शर्मा नियुक्त हुनुभएको छ ।
कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यमलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन हुनुभएको छ । त्यसैगरी प्रदेश नं ७ को इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाउनुभएको छ ।
गत जेठ ३ गते साविकको नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछिको यो निर्णयलाई महत्वपूर्ण उपलब्धीका रुपमा हेरिएको छ । देशका ७७ जिल्ला र जनवर्गीय संगठनको एकतासम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।
पार्टी सचिवालय सदस्य पोखरेलले जिम्मेवारी पाउने प्रदेश इन्चार्ज तथा पार्टी कमिटी अध्यक्षले मातहतका जिल्ला कमिटीको एकता कार्यलाई चाडो टुङ्गोमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)
रेलमार्गको अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै (05.08.2018)
शुल्क फिर्ता लिने सहमतिपछि विद्यार्थी आन्दोलन स्थगन (05.08.2018)
काँग्रेस बैठकमा नेतृत्वको कमजोरीमाथि नेताहरु खनिए (04.24.2018)
कांग्रेस बलियो भए मात्र प्रजातन्त्र बलियो (04.12.2018)



 
::| Latest News

 
[Page Top]