युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा
Tuesday, 10.02.2018, 12:19pm (GMT+5.5)

पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रूपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् ।
पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा आइतबारदेखि ‘लकर’ सेवा शुरु गरेको हो । सेवाको शुरु गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मन्दिरदर्शन गर्न आउने भक्तजनलाई दिनभर यही क्षेत्रमा घुम्न सक्ने गरी आकर्षित बनाइनुपर्ने बताउनुभयो । “मन्दिर क्षेत्रमा पर्याप्त मात्रामा उद्यान, सरसफाइको व्यवस्था हुनुपर्छ, स्मार्ट शौचालय बनाइनुपर्छ, पशुपति क्षेत्रको मौलिकस्वरुप नबिग्रने गरी पुनःनिर्माण हुनुपर्छ”–उहाँले भन्नुभयो ।
यो सेवाको शुरुवात् भएसँगै अब दर्शनार्थीले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाटमुक्ति पाउनेछन् । यो सेवा उपयोग गरेबापत् भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने कोषले जनाएको छ । यो सेवा शुरु भएसँगै भक्तजनले अब मोबाइल, झोला, क्यामेरा जस्ता मन्दिर क्षेत्रभित्र निषेध गरिएका सामान लिएर जान पाउने छैनन् ।
सेवा शुरु गर्न बैंकले ५१० लकर उपलब्ध गराएको छ । बैंकका अध्यक्ष रोशन केसीले कोषका सदस्य सचिव डा प्रदीप ढकाललाई लकरको साँचो हस्तान्तरण गर्नुभयो । लकर सेवा भुवनेश्वरी मन्दिर अघिको बरुणधारामा राखिएको छ । जुत्ता चप्पल राख्ने स्थल पनि यहीँ बनाइने कोषले जनाएको छ ।

विद्युतीय टेम्पो सेवा
पशुपतिको मूल मन्दिर क्षेत्रमा सवारीसाधन निषेध गरेपछि अशक्त, वृद्धवृद्धालाई दर्शन गर्न जान समस्या भएकाले आइतबारदेखि दुईवटा विद्युतीय टेम्पो पनि सञ्चालनमा ल्याइएको छ । लक्ष्मी बैंकसँगको सहकार्यमा यो सेवा शुरु गरिएको कोषका सदस्य सचिव डा ढकालले जानकारी दिनुभयो ।
अशक्त, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धाले निःशुल्क विद्युतीय टेम्पोको सेवा लिन सक्नेछन् । सफा टेम्पो सेवा चार शिवालयबाट दक्षिणढोकासम्म सञ्चालन गरिने कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताउनुभयो । सफा टेम्पो लक्ष्मी बैंकका पूर्व अध्यक्ष राजेन्द्र खेतान र प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संयुक्त रूपमा कोषलाई हस्तान्तरण गर्नुभएको थियो ।
मूल मन्दिर क्षेत्रमा भूकम्पले भत्किई पुनःनिर्माण सम्पन्न भएको कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर र घ्याम्पेपाटीको पनि आइतबार नै मन्त्री अधिकारीले शुभारम्भ गर्नुभयो । भूकम्पले पशुपति क्षेत्रका ९५ सम्पदा पूर्ण रूपमा क्षति भएका थिए । क्षति भएकामध्ये हालसम्म १८ सम्पदा बनिसकेको छ भने २६ वटाको पुनःनिर्माण जारी रहेको कोषले जनाएको छ । विश्वरुपलगायत ठूला सम्पदा पुनःनिर्माणको बजेट व्यवस्था मिलाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग वार्ता भइरहेको सदस्य सचिव डा ढकालले जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)
संकटमा मेलम्ची खानेपानी आयोजना (06.12.2018)



 
::| Latest News

 
[Page Top]