युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.16.2018, 02:51am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
राष्ट्रघाती कारबाहीमा पर्छन् !
Tuesday, 10.02.2018, 12:20pm (GMT+5.5)

काठमाडौं । पछिल्लो समय मुलुक विखण्डनको नारा घन्काउँदै गतिविधि गर्नेहरु सल्बलाइरहे पनि सरकार मौन रहेको आरोप लागिरहेका बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्नेछ भन्नुभयो । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारवाही गर्ने बताउनुभयो । उहाँले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताउनुभयो ।
मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्ति सुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गर्नुभयो । उहाँले निर्मला पन्त हत्या सम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारवाहीको प्रक्रियामा ल्याइने बताउनुभयो । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषद्मा छलफलपछि सार्वजनिक गरिने बताउनुभयो ।
गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दासमेत सरकार गिराउनेसम्मको षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न विराटनगर जानुभएको हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)
उप्रेतीको सिफारिश संविधानसम्मत (07.25.2018)
चीनसँग भएका सम्झौता कार्यान्वयनमा जोड (06.12.2018)
अन्तरघातीलाई कारबाही नगरे कसरी पार्टी चल्छ ? (06.12.2018)



 
::| Latest News

 
[Page Top]