युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.22.2018, 11:56pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र
Wednesday, 10.10.2018, 01:56pm (GMT+5.5)

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका विषयलाई लिएर दोषीमाथि कारबाही गर्न सरकार असफल भैरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले सो घटनाका वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बँुदे निर्देशनपत्र पठाएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा १३ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्यामा संलग्न वास्तविक दोषी पत्ता लगाई कारवाही गर्न र पीडितलाई न्याय दिन आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आठ बुँदे निर्देशनपत्र पठाएको उल्लेख छ ।
घटनाका सम्बन्धमा आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोलीसमेतले अनुगमन÷अनुसन्धान गरिरहेको र अनुगमनबाट प्राप्त प्रारम्भिक प्रतिवेदन उपर आयोगमा छलफल हुँदा उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई कानूनबमोजिम यथाशीघ्र कारवाही गर्न आयोगले सरकारलाई सो पत्राचार गरेको जनाएको छ ।
पत्रमा बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिइ कार्य गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आम मानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयता लगायतका विषय पत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी नेपालको संविधानले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक र अपराध पीडितलाई क्षतिपूर्तिको न्याय पाउने हकको व्यवस्था गरेअनुरुप वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गर्न तथा पीडित परिवारको न्याय पाउने हक शीघ्र सुनिश्चित गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)
धरहरा पुनःनिर्माणका लागि तीनपटकसम्म प्रस्ताव स्थगित (08.14.2018)
काभ्रेका भूकम्पपीडितले फारम भर्न पाएननु (08.14.2018)
पत्रकारिताको गलत बाटो प्रेस काउन्सिमा उजुरीको चाङ (07.25.2018)



 
::| Latest News

 
[Page Top]