युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 10:37am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
दुई महीनाभित्र महाधिवेशन गर्न माग
Tuesday, 11.20.2018, 11:34am (GMT+5.5)

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका क्याम्पस एकाईले वर्तमान केन्द्रीय कार्य समितिले नै दुई महीनाभित्र १२औँ महाधिवेशन गर्नुपर्ने माग गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर, जनमैत्री, थापाथली, पब्लिक युथ, जनप्रशासन, ग्रामीण आदर्शलगायत एकाईले हालै यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अर्को तदर्थ समिति गठन गर्दा महाधिवेशन ढिला हुने भएकाले वर्तमान कार्य समितिलाई नै दुई महीनाको समय दिइनुपर्ने माग गरेका हुन् ।
केन्द्रीय क्याम्पस कीर्तिपुरका एकाई उपाध्यक्ष सुरेश परियारले केन्द्र, प्रदेश, जिल्ला, क्याम्पस, क्षेत्र एवं स्थानीय तहका एकाईमा क्रियाशील सबै नेता कार्यकर्तालाई महाधिवेशनको वातावरण बनाउन अभियान शुरु गरिएको जानकारी दिनुभयो ।
गत भदौमा म्याद सकिएको नेविसङ्घ केन्द्रीय समितिको अवधि नेपाली काङ्ग्रेसले थपेको तीन महीने कार्यकाल पनि सकिएको छ । शनिबार पार्टी केन्द्रीय समितिको बैठक बसे पनि ठोस निर्णय गर्न सकेन । आइतबार पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा अनौपचारिक बैठक जारी छ । 

महाधिवेशनबाटै नेतृत्व चयन गर्न माग 
यसैगरी थपिएको समय सकिएको सन्दर्भमा विद्यार्थी नेताहरुले महाधिवेशनबाटै नेतृत्व चयन गर्न आह्वान गरेका छन् । नेविसङ्घ निकट विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले शनिबार पत्रकार सम्मेलन गरी महाधिवेशन नगरी नेताका नजिकका विद्यार्थी नेतालाई छनोट गरिएमा आफूहरुलाई स्वीकार्य नहुने बताएका छन । 
नेविसङ्घ आर.आर क्याम्पसका एकाइ सचिव ताराबहादुर थापाले पटकपटक समय थप्नुको सट्टा अब महाधिवेशनको विकल्प महाधिवेशन नै हुने भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निणर्य गर्न पार्टीका नेतालाई आगह गर्नुभयो । 
विद्यार्थी नेता सुरेश परियारले काङ्ग्रेस इतिहासकै गम्भीर अवस्थामा पुगेको बेलामा अहिले पनि नेविसङ्घका बारेमा चिन्ता र चासो गर्न सकेन भने जनतामा निरासा पैदा हुने बताउनुभयो । 
सम्मेलनमा नेताहरु शिवहरि तिमिल्सिना, जयराम डंगोल, शिशिर दवाडी, कमल तिमिल्सिना, श्रीकृष्ण भट्टराई, प्रेम जिसी, श्याम पाण्डे, प्रविणजंग कार्कीलगायतले जतिसक्दो चाँडो महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गर्नुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
प्रेससँग सम्बन्धित केही बुँदा सच्याउन आग्रह (08.28.2018)
बरिष्ठ पत्रकार राचन्यौको देहावशान (08.28.2018)
कांग्रेस नेता भरत शम्शेरको निधन (08.14.2018)



 
::| Latest News

 
[Page Top]