युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 09.23.2019, 10:50am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी
Tuesday, 01.01.2019, 12:39pm (GMT+5.5)

काठमाडौं । चर्को गुटबन्दीको शिकार भएर अनिर्णयको बन्दी बनेको नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताउनुभएको छ । 
नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले संसद् र नेपाली काङ्ग्रेसमा व्यक्तिगत स्वार्थ हावी हुँदै गएकाले मुलुकले विकासको गति लिन नसकेको बताउनुभयो । “व्यक्ति र राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थ हावी हुनु मुलुकका लागि राम्रो होइन”,उहाँले भन्नुभयो । 
नेता सिटौलाले काङ्ग्रेसले यसअघि धेरै समय सत्ता चलाएको छ भन्दै अहिले सत्ताको ‘ह्याङओभर’ छाडेर सङ्घर्षको मैदानमा जानुपर्ने बेला आएको बताउनुभयो । नेपालको राजनीतिमा स्वाधीनता र स्वाभिमान कमजोर हुँदै गएको उहाँको भनाइ थियो । उहाँले काङ्ग्रेस नयाँ सोच र विचारका साथ अगाडि बढे मात्र विपीको सपना पूरा हुने बताउनुभयो । “नेविसङ्घभित्र पार्टीका नेताको हस्तक्षेप राम्रो भएन,” उहाँले भन्नुभयो ।  
केन्द्रीय सदस्य गगनकुमार थापाले प्रजातन्त्र, राष्ट्रियता र सामाजिक आन्दोलनका नेता विश्वेश्वरप्रसाद कोइराला भएको बताउनुभयो । “काङ्ग्रेसका लागि पथप्रदर्शकका रूपमा रहनुभएका बिपी कोइरालालाई नबुझी काङ्ग्रेस बुझ्न सकिँदैन”,उहाँले भन्नुभयो ।  सरकारको गलत कुराका लागि नेविसंघले अहिंसात्मक आन्दोलन गर्नु जरुरी रहेको उहाँको भनाइ थियो । 
केन्द्रीय सदस्य उमाकान्त चौधरीले दुई तिहाइको बहुमत भएको सरकारले जनताको भावनानुसार काम गर्न नसकेको बताउनुभयो । उहाँले नेविसंघ बलियो भएमात्र काङ्ग्रेस बलियो हुने भन्दै बलियो काङ्ग्रेस निर्माणका लागि युवा लाग्नुपर्ने उल्लेख गर्नुभयो । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले काँग्रेसभित्रको गुट उपगुटलाई अन्त्य गरेर पार्टी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । 
काङ्ग्रेस नेता भीमसेनदास प्रधानले बिपी कोइरालाको पालामा युवाले पार्टी र सरकारको नेतृत्व गरेको भन्दै काङ्ग्रेस रुपान्तरणका लागि पार्टीभित्र युवाको नेतृत्व आवश्यक रहेको बताउनुभयो । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेले लोकतन्त्रको रक्षाका लागि नेविसंघ एक भएर मैदानमा उत्रिनुपर्ने बेला आएको बताउनुभयो । नेविसंघ प्रदेश नं ३ का संयोजक एवं नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघ केन्द्रीय सदस्य नवराज त्रिपाठी, नेविसंघका नेता गणेश सापकोटालगायतले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताउनुभयो । विसं २०३३ पुस १६ गते काङ्ग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहलगायत नेताहरू राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको स्मरणमा काङ्ग्रेस र भ्रातृ तथा शुभेच्छुक संस्थाले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै आएका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)
संविधान दिवस राष्ट्रको चाड बनाऔं (09.04.2018)
प्रेस स्वतन्त्रतामा अंकु लाग्न दिइदैन (09.04.2018)
चीनसंगको रेलले जोड्ने प्रक्रिया अघि बढ्दै (08.28.2018)
सुरु भो अनन्तको विश्व कीर्तिमान अभियान (08.28.2018)



 
::| Latest News

 
[Page Top]