युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 03:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान
Thursday, 03.28.2019, 11:02am (GMT+5.5)

काठमाडौं । विख्यात अर्थशास्त्री प्राध्यापक डाक्टर मदनकुमार दाहालको चैत ८ गते शुक्रवार काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेकै अवस्थामा असामयिक निधन भएको दुःखद खवर छ । त्रिभुवन विश्वविद्यालयको सेवामा रही सन् १९७१ देखि २००९ सम्म अर्थशास्त्र विभागमा प्रध्यापन गर्नुभएका डा. दाहाल लामो समयसम्म सो विभागको अध्यक्ष पनि हुनुहुन्थ्यो । भारतको युनिभर्सिटी अफ बम्बेबाट ‘टेक्सेसन इन् नेपाल’ मा विद्यावारिधि गर्नुभएका डा. दाहाल सार्वजनिक वित्त र कर प्रशासनका विषेश विज्ञ मानिनुहुन्थ्यो । उहाँको शोध निर्देशनमा विद्यावारिधि गर्नेहरूको संख्या पनि उल्लेख्य रहेको छ । 
डा. दाहालले अर्थशास्त्रसम्बन्धी दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् भने नेपाली साहित्यको कथा कविता विधामा पनि उहाँका केही रचनाहरू प्रकाशित भएका छन् । विद्यार्थी जीवनकालमा मदन हिमाक्षीका नाममा उहाँले लेखेका कथाहरू प्रकाशित हुनेगरेका थिए । पछिल्लो चरणमा समेत सामाजिक सञ्जालमा उहाँका कविताहरू आउनेगरेका थिए । देशका समसामयिक गतिविधि र खास गरी देशको अर्थव्यवस्थाभित्रका विसङ्गति र जटिलताहरू औंल्याउँदै सुधारात्मक धारणासहितका सुझावहरू पनि उहाँले प्रस्तुत गर्दैआउनुभएको देखिन्थ्यो । उहाँ विगतमा नेपाल आर्थिक संघको अध्यक्ष पनि हुनुहुन्थ्यो भने अघिल्लो वर्षसम्म मेघा बैंकको अध्यक्षसमेत रहनुभएको थियो । उहाँले प्रकाशनको प्रारम्भिक कालदेखि नै केही वर्षसम्म युगसम्वाद साप्ताहिकमा ‘आर्थिक स्तम्भ’ लेखेर समसामयिक आर्थिक गतिविधिमाथि आफ्ना दृष्टिकोणहरू सार्वजनिक गर्नेगर्नुभएको थियो । 
उहाँको असामयिक अवशानबाट राष्ट्रले ठूलो देशभक्त अर्थविद् गुमाएको छ भने युगसम्वादले पनि समयसमयमा लेखेर, अन्तर्वार्ता दिएर र प्रकाशनको निरन्तरताका लागि सुझाव र सहयोग दिएर प्रेरित गरिरहने शुभेच्छुक सहयोगी गुमाएको छ । यस मर्मान्त पीडाको अवस्थामा युगसम्वाद परिवार स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै डा.दाहालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र  वियोगको यो पीडादायी क्षणमा डा.दाहालकी  जीवनसाथी  निरा दाहालज्यू र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
मुगलकालीन चाँदीका सिक्का
बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा मुगलकालीन चाँदी र तामाका सिक्का फेला परेको समाचार छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो । 
सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ ।
‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने  अनुमान गरिएको छ । सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)
प्रधानसेनापति थापालाई महारथीको दज्र्यानी चिह्न (09.11.2018)
दुई हजार दुई सय ६५ प्रहरी कारवाहीमा (09.11.2018)



 
::| Latest News

 
[Page Top]