युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 10.18.2019, 04:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त
Thursday, 04.04.2019, 01:25pm (GMT+5.5)

काठमाडौं । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएसनको निर्वाचनमा प्रगतिशील, पेशागत तथा समावेशी समूह र बृहत् लोकतान्त्रिक समूहमध्ये कसले बाजी मार्ला भन्ने कुतुहलता कायमै छ । बार एशोसिएनको चैत १६ गते शनिबार सम्पन्न २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी निकट कानून व्यवसायीको समूह ‘प्रगतिशील, पेशागत तथा समावेशी समूह’ र  नेपाली काङ्ग्रेस निकटका कानून व्यवसायी समूह ‘बृहत् लोकतान्त्रिक समूह’ बीच प्रतिस्पर्धा छ ।
प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठलाई आफ्नो समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको समूहबाट मत पाउन मुस्किल छ भने लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार अधिवक्ता सुनील पोखरेललाई आफ्नै समूहका वरिष्ठ अधिवक्ताको मत पाउन मुस्किल छ । दुवै समूहमा अध्यक्षका उम्मेदवारलाई टिकट लिने बेलामा भएको विवादका कारण दुवै समूहलाई आआफ्नै समूहबाट चुनौती थपिएको हो । 
लोकतान्त्रिक समूहमा वरिष्ठ अधिवक्ताबाट अध्यक्षका लागि टिकट नदिएकोप्रति असन्तुष्टि छ । चुनावीसभामासमेत वरिष्ठ अधिवक्ता देखिएका छैनन् । प्रगतिशील समूहमा बारको अघिल्लो निर्वाचनको सहमतिअनुसार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई टिकट नदिएकोप्रति असन्तुष्टि छ । 
अध्यक्षका उम्मेदवार दुवैलाई आ आफ्नो समूहको मत धरापमा परेपछि न्युट्रल रहेका मत जुन समूहले तान्न सक्छ त्यही समूहले निर्वाचन जित्ने सम्भावना प्रवल रहेको छ । यी दुवै बलिया उम्मेदवार भएको हुँदा दुई समूहबीच चुनावी प्रतिस्पर्धा निकै कडा हुने देखिएको छ  । बारमा देशभर रहेका १० हजार ३१३ मतदाताले मतदान गर्नेछन् । दुवै समूहले आ–आफूले चुनाव जित्ने उद्घोष गर्दै चुनावी मैदानमा होमिएका छन् । 
प्रगतिशील समूहलाई मधेश केन्द्रित कानून व्यवसायी सङ्गठनको सहयोग मिलेको छ भने लोकतान्त्रिक समूहलाई राप्रपा निकट कानून व्यवसायीको सहयोग छ । मतदाताको हिसाबकिताब दुवैले गरिरहेका छन् । दुवै बराबरको हाराहारीका शक्तिशाली देखिएपछि न्युट्रल मत तान्नेको जीत सुनिश्चित हुने देखिएको छ ।
बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक जना र सातै प्रदेशबाट एक÷एक जना गरी आठ जना उपाध्यक्ष निर्वाचित हुनेछ । बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ । मतगणना देशभरिका बुथबाट मतपेटिका संकलन गरिसकेपछिसुरु हुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)
वाइडबडी खरीदबारे लेखा समितिले अध्ययन गर्ने (10.02.2018)
नेकपाका प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लाग्यो (09.25.2018)



 
::| Latest News

 
[Page Top]