युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.21.2019, 12:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित
Thursday, 04.04.2019, 01:27pm (GMT+5.5)

काठमाडौं । नेपाल पत्रकार महासंघ स्थापना भएको ६४ वर्ष पूरा भएको छ । शनिबार महासंघले आफ्नो ६४औँ स्थापना दिवसरका अवसरमा पूर्वपदाधिकारी र उत्कृष्ट शाखालाई सम्मान गरेको छ । दिवसका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महासंघका केन्द्रीय पूर्वपदाधिकारीहरु राधा बुढाथोकी (उपसभापति), चित्राङ्ग थापा (उपसभापति), चन्द्र भण्डारी (महासचिव), कर्णदेव भट्ट (उपसभापति), ईश्वरचन्द्र गौतम (उपसभापति), हेमन्त कर्माचार्य (उपसभापति) र तेजबहादुर भण्डारी (उपसभापति) लाई सम्मान गर्नुभयो । 
त्यसैगरी महासंघले यज्ञ शर्मा (उपसभापति), गोपाल बुढाथोकी (उपसभापति), उमिद बागचन्द (उपसभापति), सञ्जय सन्तोषी राई (उपसभापति), कृष्णप्रसाद बस्याल राकेश (उपसभापति), डीआर पन्त (उपसभापति), गङ्गाधर पराजुली (उपसभापति), पोषण केसी (महासचिव), यशोदा तिम्सिना (उपाध्यक्ष), ओम शर्मा (महासचिव), खिलबहादुर भण्डारी (उपाध्यक्ष), अनिता बिन्दु (उपाध्यक्ष) र उजिर मगर (महासचिव) पनि सम्मान गरेको छ । 
तत्कालीन पत्रकार संघलाई महासंघमा रुपान्तरण गर्न र महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेकामा कास्की शाखालाई सम्मान गरिएको छ । त्यसैगरी स्थापना दिवसका अवसरमा आयोजना गरिएको मिडिया कप फुटसल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः प्रेस सङ्गठन नेपाल , नेपाल प्रेस युनियन र इमेज च्यानलको टोलीलाई ट्रफी, मेडल, नगद र प्रमाणपत्रसहित प्रदान गरिएको छ । 
सोही अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले लोतन्त्रलाई बचाइराख्न  न्यायपालिका र पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष गोविन्द आचार्यले महासङ्घ सधैँभरि श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । 
महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट र पूर्वसभापति हरिहर विरहीले नेपालको पत्रकारिता क्षेत्र समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । महासङ्घका पूर्वउपाध्यक्ष राधा बुढाथोकी र महासङ्घका पूर्वमहासचिव चन्द्र भण्डारीले पत्रकारितालाई जिम्मेजार तथा मर्यादित बनाउन आग्रह गर्नुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)
खुर्सिदको परिवालाई दश लाख (10.02.2018)
शैक्षिक कर्जाको बाटो खुल्यो (10.02.2018)



 
::| Latest News

 
[Page Top]