युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.23.2019, 03:30am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता
Wednesday, 04.10.2019, 10:50am (GMT+5.5)

काठमाडौं । सरकारले ७० वर्ष नाघेका वृद्धलाई प्रतिमहीना रु दुई हजार वृद्धभत्ता उपलब्ध गराउँदै आएको छ । यस्तो सुविधा पेन्सनन खानेहरुले भने पाउँदैनन् । दोहोरो सुविधा लिन नमिल्ने भन्दै निवृत्त कर्मचारीलाई वृद्धभत्ता उपलब्ध गराएको छैन । तर सरकारद्वारा पेन्सन सुविधा खाइरहेका निवृत्त कर्मचारीलाई ज्येष्ठ नागरिक वृद्धभत्ताबाट बञ्चित गरेकामा कर्मचारीले सरकारको आलोचना गरेका छन् । आर्थिक वर्ष ०७४÷०७५ मा निजामती ७९ हजार १९८, नेपाल प्रहरी ५१ हजार ५९७ शिक्षक ४२ हजार १६९, नेपाली सेना ७७ हजार १२५ गरी कूल दुई लाख पाँच हजार ८९ व्यक्ति निवृत्त भएका थिए । नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घको नवौँ साधारणसभामा निवृत्त कर्मचारी सङ्घमा महासचिव सूर्यविक्रम राणाले सरकारले निवृत्त कर्मचारीलाई वृद्धभत्ता नदिएर विभेद गरेको बताउनुभयो । 
कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राज्यले सक्ने निवृत्त अनुभवी कर्मचारीबाट काम लिनुपर्ने र निवृत्त वृद्धले पनि राज्यका लागि सक्दो योगदान गर्नुपर्ने धारणा राख्नुभयो । सङ्घले प्रकाशन गरेको निवृत्त स्मारिकाको लोर्कापण गर्नुहुँदै कार्कीले निवृत्त कर्मचारीलाई शरीर बूढो भए पनि इच्छा शक्ति कमजोर नहुने हुँदा आफूले आफ्नो समयमा गरेका कार्य सम्पादनलाई प्रकाशन गरी भावी पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्नुभयो । समारोहमा उहाँले निवृत्त कर्मचारीलाई आजीवन सदस्यता र ज्येष्ठ सम्मान प्रदान गर्नुभयो । 
त्यसैगरी कार्यक्रममा पूर्वमन्त्री तथा समाजसेवी भद्रकुमारी घलेले म बूढो भएँ भनेर चाउरेर नबस्न र सकेको केही गर्न निवृत्त कर्मचारीलाई सुझाव दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)
पशुपतिमा थपियो नयाँ सुविधा अब ‘लकर’ र सफा टेम्पो सेवा (10.02.2018)



 
::| Latest News

 
[Page Top]