युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 07:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल
Tuesday, 04.16.2019, 01:16pm (GMT+5.5)

सशस्त्र प्रहरी बल नेपालले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न शान्ति सुरक्षाको क्षेत्रमा प्रतिबद्ध भएर लागेको बताएको छ । सशस्त्र प्रहरी बलले सोमबार पत्रकार सम्मेलन गरी मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य गरेर काम गरिरहेको बताएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुक र जनताका लागि सीमा सुरक्षालाई सुदृढ बनाउँदै लगिएको बताउनुभयो ।समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सशस्त्र प्रहरीले खेल्नुपर्ने भूमिका खेलिरहेको छ महानिरीक्षक खनालले भन्नुभयो ।
महानिरीक्षक खनालले सशस्त्र प्रहरीले आफ्ना सबै युनिटमा मदिरा तथा सुर्तीजन्य पदार्थ किनबेचमा निषेध गरेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरीको सङ्गठनलाई चुस्त तथा दुरुस्त बनाउन ३० वटा कार्यविधि बनाएर काम गरिरहेको बताउँदै ऐन र कानूनअनुसार नियुक्ति तथा पदोन्नति गरिएको उल्लेख गर्नुभयो ।
विपद् व्यवस्थापन र सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले कटिबद्ध भएर काम गरेको उहाँको भनाइ छ । सशस्त्र प्रहरी ऐन, २०५५ लाई समयअनुसार संशोधन तथा परिमार्जन गर्दै अगाडि बढिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बलले देशभरका जुनसुकै भूभागमा हुने सुरक्षा चुनौतीलाई सामना गर्न सबै जिल्लामा आफ्नो सङ्गठन समेत विस्तार गर्दै लगेको छ । “५६ जिल्लामा स्थायी कार्यालय रहनेगरी ७७ वटै जिल्लामा सङ्गठन विस्तार गरिसकेका छौँ,” महानिरीक्षक खनालले भन्नुभयो ।
सशस्त्र प्रहरीले आफ्नो सङ्गठनलाई व्यापकता दिन ११ शिक्षालय स्थापना, ३६ गण निर्माण र १५ हजार जनशक्ति तराईका विभिन्न जिल्लामा खटाएको जनाएको छ । यस्तै सशस्त्रमा भर्ना हुने जवानलाई आवश्यक पाठ्यक्रमसमेत परिमार्जन गर्दै लगिएको महानिरीक्षक खनालको भनाइ छ ।
गृह प्रशासन सुधार कार्ययोजनाअनुसार काम गर्दै आएको सशस्त्र प्रहरी बलले हरेक वर्षको भदौ ६ लाई महानिरीक्षक रक्तदान कार्यक्रमका रुपमा समेत मनाउँदै आएको छ ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिएका प्रहरी कर्मचारीबाट कटौती हुँदै आएको १५० डलरलाई कटौती नगर्ने निर्णय गरेको महानिरीक्षक खनालले बताउनुभयो । सशस्त्र प्रहरीले २०७५ सालमा मात्र ५४८ प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको समेत जनाएको छ ।
सशस्त्र प्रहरीले विसं २०७५ मा मात्र विभिन्न खेलबाट २३६ पदक प्राप्त गरेको छ । यस्तै बिनाधितो २५० प्रहरी कर्मचारीलाई ऋण उपलब्ध गराउँदै आएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
विसं २०७५ देखि सशस्त्र प्रहरी अस्पतालमा आइसियु कक्ष स्थापना गरेर बिरामी प्रहरी कर्मचारीलाई सेवा दिन शुरु गरेको सशस्त्र प्रहरीले आगामी दिनमा सातै प्रदेशमा अस्पताल लैजाने बताएको छ । सप्तरीमा भने तत्काल अस्पताल निर्माण गर्न प्रक्रिया अगाडि बढिसकेको छ ।
सशस्त्र प्रहरीले आर्थिक पारदर्शितालाई समेत मध्यनजर गरी शून्य सहनशीलताको नीतिलाई अगाडि बढाएको छ । सशस्त्रले चालू आवमा ४३।७७ प्रतिशत बेरुजु फछ्र्यौट गरिसकेको छ । सशस्त्रले २०७२ साल वैैशाख १२ गते गएको भूकम्पले क्षति पुगेका २८ युनिटमध्ये रु ४२ करोड ७२ लाखमा २५ युनिट पुनर्निर्माण गरिसकेको छ ।
सशस्त्रले उत्तरी तथा दक्षिणी सीमा सुरक्षाका लागि नेपाल–भारत सीमा बैठक ६० पटक र नेपाल–चीन सीमा बैठक १२ पटक बसिसकेको जनाएको छ । विस २०७५ मा मात्र मानव बेचबिखनमा ३० व्यक्तिलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले विभिन्न क्षेत्रमा हुने चोरी–पैठारीबाट रु ३३ करोड ७० लाख राजश्व उठाएको छ । यस्तै सीमा नाका सुरक्षाका लागि सीमा नाकामा १६९ हेल्प डेस्क स्थापना गरी सेवा प्रदान गरिएको महानिरीक्षक खनालले बताउनुभयो ।
सशस्त्र प्रहरीले आफ्नो सङ्गठनका बारेमा आम जनतालाई जानकारी दिन ‘मोबाइल एप्स’समेत सञ्चालनमा ल्याएको र उक्त एप्स आजैबाट सञ्चालनमा आउने महानिरीक्षक खनालले जानकारी दिनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
निर्मला पन्त बलात्कार–हत्या सम्बन्धमा सरकारलाई पत्र (10.10.2018)
कांग्रेस अब एकल नेतृत्वमा कि सामूहिक ? (10.02.2018)
राष्ट्रघाती कारबाहीमा पर्छन् ! (10.02.2018)
डिएनए रिपोर्ट मिलेन (10.02.2018)



 
::| Latest News

 
[Page Top]