युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 11.23.2019, 02:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड
Thursday, 04.25.2019, 02:15pm (GMT+5.5)

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समय जनतालाई आतङ्कित बनाएर हिँड्ने समय नरहेको बताउनु भएको छ । कैलाशनगर मावि चितवनको स्वर्ण महोत्सव उद्घाटन समारोहलाई आइतबार यहाँ सम्बोधन गर्दै उहाँले वार्ता, सहमति र संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभयो । 
चन्द नेतृत्वको माओवादीतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “अहिले देश २०५२ सालमा छैन, २०७२ साल पनि होइन २०७६ साल हो । यो समय बम पड्काएर, जनता आतङ्कित बनाएर चन्दा उठाएर हिँड्ने समय होइन ।” परिस्थितिलाई विचार गरेर वार्ता, सहमति र संवादबाटै जाने वातावरण रहेको उहाँको भनाइ थियो । कम्युनिष्ट पार्टीकै सरकार र जनताले कम्युनिष्टलाई दुई तिहाइ मत दिएको समयमा यस्ता एकाध घटना गराएर परिवर्तनका कुरा गर्नुभन्दा ठूलो भ्रम अरू केही नहुने उहाँको बताउनुभयो । 
अध्यक्ष दाहालले चन्द समूहले पनि सहज वातावरण बनाउन वार्ता, संवादमा आउने र सबै मिलेर देशलाई समाजवाद उन्मुख राज्य बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “देश विकासतर्फ जाँदै गरेको समयमा संवादमार्फत समस्या समाधान नभए बलिदान र नेपाली जनताको अपमान हुनेछ ।” आफूले बिप्लवलाई गलत बाटोमा हिँडेको जानकारी गराएको उहाँको भनाइ थियो । 
उहाँले अबको १० वर्षमा मुलुकलाई मध्यमस्तरीय विकसित देशमा लैजाने बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक न्याय चाहन्छन्,  समृद्धि आओस्, राष्ट्रिय स्वाधीनताको कुरालाई ध्यान दिने हो भने सहमतिको विकल्प नरहेको उहाँको भनाइ थियो । सरकारले ल्याउन लागेको नयाँ बजेटमा निर्वाचनमा गरिएका वाचा बजेटमार्फत आउने र राष्ट्रिय सहमतिमार्फत देशको विकास गर्ने अध्यक्ष दाहालले बताउनुभयो । 
कार्यक्रममा प्रतिनिधिसभा सदस्य उमा रेग्मी, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर महानगरपालिका–५ का वडाध्यक्ष पदमपाणि सुवेदी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठराज पौडेल, प्रधानाध्यापक रामजीप्रसाद अधिकारीलगायतले बोल्नुभएको थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)
राष्ट्रिय परिचयपत्र वितरण पहिलोा परिचयपत्र १०१ वर्षीया ज्येष्ठ नागरिकलाई (11.20.2018)
फैसलाको साँढे एघार अर्ब जरिवाना रकम उठ्न बाँकी (11.20.2018)



 
::| Latest News

 
[Page Top]