युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 05:44am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल
Thursday, 04.25.2019, 02:16pm (GMT+5.5)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि समान विचार भएका दलहरुसँग सहकार्य गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले देशलाई हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गराउन निरन्तर सङ्घर्ष गर्ने निर्णय गर्दै हिन्दू राष्ट्रको पक्षमा हुने सबै गतिविधिमा धार्मिक सङ्घसंस्था र जनसमुदायलाई सहयोग गर्न आग्रह गरेको छ । 
पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोस्रो चरणको सङ्घर्षलाई प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा राजेन्द्र लिङ्देन, डा धवलशम्शेर राणा, भाष्कर भद्रा, विक्रमबहादुर थापा, कुन्तीकुमारी शाही र प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात दिनभित्र कार्ययोजना पेश गर्ने पार्टीले जनाएको छ । 
गत फागुन ७ गतेदेखि शुरु गरेको जनसङ्घर्षका क्रममा मेची–महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दू राष्ट्रका लागि देशव्यापी हस्ताक्षर सङ्कलन अभियान, सङ्घ, प्रदेश र सबै जिल्लाका प्रशासन कार्यालयमा धर्नालगायत कार्यक्रम सफल भएको निष्कर्ष बैठकले निकालेको छ । 
यसैबीच राप्रपा (संयुक्त) का नेता सुन्दर पाण्डेले हिन्दूू राष्ट्रको पुनःस्थापना, सङ्घीयताबारे जनमत सङ्ग्रह, भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रणलगायत माग गरी यही वैशाख अन्तिम सातादेखि देशव्यापी अभियान शुरु गर्ने जानकारी दिनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)
दुई महीनाभित्र महाधिवेशन गर्न माग (11.20.2018)



 
::| Latest News

 
[Page Top]