युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 04:24am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
नेपाली कांग्रेसको जागरण अभियानमा
Thursday, 04.25.2019, 02:17pm (GMT+5.5)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलिदेखि देशव्यापी रुपमा जागरण अभियान संचालन गर्नेभएको छ । सरकारबिरुद्ध केन्द्रमा उठेको सार्वजनिक चासोको विषयमा समेत प्रतिपक्ष कमजोर देखिएको टिप्पणी आइरहँदा कांग्रेसले तीन चरणका जागरण अभियान लिएर गाउँगाउँ जान लागेको हो 
पहिलो चरणको जागरण अभियान वैशाख ११ लोकतन्त्र दिवसको अवसर पारेर जेठ ११  गतेसम्म,  दोस्रो चरण  भाद्र २४ बीपी जयन्तीको अवसर पारेर असोज ७ सम्म र तेस्रो चरण पुस ७ मेलमिलाप दिवसको अवसर पारेर पुस १६ सम्मका जागरण अभियानको तयारी कांग्रेसले गरेको छ । पहिलो चरणको जागरण अभियानका केन्द्रीय स्तरबाट कांग्रेसलेले ७७ जिल्लामा प्रतिनिधि तोकिसकेको छ । कांग्रेसले आफ्ना उद्घाटन सत्रका शैली पनि एक बनाएको छ । वर, पिपल वा शमीजस्ता दीर्घजीवी वृक्षमा जल सिंचन गरेर वा पानसमा दीप प्रज्जवलन गरेर कसरी उद्घाटन गर्ने भन्ने विषयमा पनि एकरूपता कायम गरिनेछ ।

हरेक जिल्लामा गरिने कार्यक्रमलाई कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले पनि आफ्ना काम सँगै अघि बढाउने तयारी गरेका छन् । सम्बन्धित क्षेत्रमा सरकारले गरेका निर्णयको प्रभाव र विगतमा गर्छु भनेर नगरेका विषयमा उठाउने जनाइएको छ । कांग्रेस केन्द्रीय समितिले भने विगतमा कांग्रेसले गरेको काम र अहिले सरकारले गरेका कामका विषयमा प्रष्ट पार्ने जनाएको छ । विशेष गरी वाइडबडी विमानमा भ्रष्टाचार भएको विषयमा र राष्ट्रिय गौरवको बढीगण्डकी आयोजना चाइना कम्पनीले दिने गरी सरकारले तयारी गरेको भन्दै यी विषयलाई प्राथमकिताका साथ उठाउने जनाएको छ । 
त्यस्तै कांग्रेसले आफ्नै कामको पनि समीक्षा केन्द्र र प्रदेश सरकारमा प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले पार्टीको प्रतिनिधित्व रहेको स्थानीय तहमा भएको कमजोरी र प्रगतिको समीक्षा गरी जागरण अभियानमा लैजाने जनाएको छ । 

राष्ट्रिय जागरण अभियानको उद्देश्यः
(१) नेपाली कांग्रेस पार्टीको महासमिति वैठकवाट पारित निति, कार्यक्रम र संशोधित विधान बारे पार्टीको स्थानिय तहसम्म साथीहरु एवं आम शुभचिन्तकलाई ब्यापक ढंगले सूसुचित गर्न ।
(२) राष्ट्रव्यापी रुपमा पार्टी पक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढिकरणका विविध गतिविधि अघि बढाउदै पार्टी पंक्तिमा जागरण अभिवृद्धि गर्न ।
(३) नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनैतिक उपलव्धी एवं समृद्धिको दिशामा गरिएका काम नागरिक पंक्तिमा ब्यापक ढंगले सम्प्रेषण गर्न ।
(४) वर्तमान सरकारका अनेक भ्रष्टाचार लगायत विसंगतिपूर्ण जनविरोधि कृयाकलाप बारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले  प्रष्ट्याउन । (बुढी गण्डकी, वाइड वडी लगायतका)
(५) नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान या राज्यप्रणाली बारेकै विमतिहरु समेतलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्न आवश्यक छलफल र बहष विभिन्न स्तरमा अघि वढाउन ।
(६) जनता, मतदाता र नेपाली कांग्रेस पार्टीको विभिन्न तहको नेतृत्व र सदस्यहरुबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवाद मार्फत् जनताका अनेक मुद्दामा अग्रसरता लिएर जनताको हितमा पार्टीलाई थप समर्पित गराउन । 
(७) तराई–मधेश लगायत मुलुकको कतिपय भू–भागमा रहेका असन्तुष्टिहरुको समाधान सूत्र विगतमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाएको संविधान संशोधनको प्रस्ताव नै हो, भन्ने तथ्यलाई आम नागरिकबीचमा प्रस्ट्याउँदै त्यसका लागि आवश्यक जनमत र वातावरण निर्माण गर्न ।
(८) कम्युनिष्ट पार्टीको सरकार बनेपछि कुटनैतिक क्षेत्रमा प्रस्तुत अपरिपक्वता, शेयर बजारप्रतिको नकरात्मक व्यवहार र उव्जिएको प्रतिकुल परिणाम, वौद्धिक समुदायप्रतिका अवौद्धिक टिप्पणीहरु र कतिपय अपमानजनक घटना, चिकित्सा शिक्षा क्षेत्रमा बढेको राज्य संरक्षीत वेथीति, आदि सन्दर्भले मुलुकको छविलाई पारिरहेको असर बारे नेपाली बौद्धिक क्षेत्रसँग विशेष अन्तरक्रिया र सैद्धान्तिक सहकार्य अघि बढाउन ।
(९) तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्वन्धमा निर्वाचनमा मतदातालाई दिलाएको विश्वास बमोजिम कार्य गर्न अपिल गर्दै आवश्यक दबाव बढाउन ।
(१०) नेपाली समाजमा केही समय यता भइरहेका “निर्मला पन्त” प्रकरण झै महिला हिंसाका अनेक घटना र प्रवृतिका विरुद्ध जनचेतना अभिवृद्धि गरी महिला सम्मान र सुरक्षा अभिवृद्धि गर्न÷गराउन ।
(११) भूकम्प, हावाहुरी, आगलागी, बाढी र अनेक विपदमा भएको धनजनको क्षतिमा प्रभावकारी उद्धार र पुनस्र्थापना अभियानलाई सघाउन तथा यस्तो सम्भावित विपद सामना गर्ने सर्तकता साथ काम गर्ने “स्वयंसेवी समुह” निर्णण गर्न । 
(१२) स्वदेशसँगै विदेशमा रहेका पचास लाखभन्दा बढी नेपालीसँग आफ्नो मातृभूमिमा लोकतन्त्रको रक्षा, संघीयताको सम्बद्र्धन र समृद्धिमा सहभागीताका लागि विशेष संवाद र जागरुकता अभिवृद्धि गर्न तथा तिनको मताधिकार प्रवन्ध गर्न सर्वोच्च अदालतले सरकारलाई गरेको आदेश कार्यान्वयनका लागि दवाव बढाउन । 
(१३) वैदेशिक रोजगारीका क्रममा पछिल्लो समय बढेका बेथितीहरु अन्त्यका लागि दबाब बढाउँदै र श्रमिक नेपाली युवाहरुको पीडामा मल्हम लगाउन ।
(१४) कम्युनिष्ट पार्टीको सरकार बनेयता प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, अभिव्यक्ति स्वतन्त्रता कुण्ठीत गर्ने अनेक प्रयत्न आदिका विरुद्ध नेपाली प्रेस जगतसंग सहकार्य गर्दै प्रमुख प्रतिपक्षी दलका नाताले प्रेस स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्न ।
(१५) नेपाली कांग्रेसको सदस्यता वितरण र विस्तार व्यापक ढंगले गर्दै पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ÷नगर टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्न ।


Rating (Votes: )   
Share     Print


Other Articles:
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)
पार्टीले विगतमा गरेको गल्ती सुधार्छ (12.11.2018)



 
::| Latest News

 
[Page Top]