युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 05:43am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
कोशकार नेपालको निधन
Thursday, 04.25.2019, 02:18pm (GMT+5.5)

काठमाडौं । कोशकार एवं साहित्यकार वसन्तकुमार शम्र्मा नेपालको शनिबार ९७ वर्षको उमेरमा उहाँकै निवास चावहिल मैँजुबहालमा निधन भएको छ । विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा हुनुहुन्थ्यो । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो । दुई महीनादेखि परिवारकै सदस्यलाई पनि चिन्न छोड्नुभएको उहाँका माहिला छोरा विनयकुमारले जानकारी दिनुभयो ।
उहाँ मस्तिष्कघात (ब्रेन स्ट्रोक), अल्सरलगायत रोगबाट पनि पीडित हुनुहुन्थ्यो । नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उहाँको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो । शब्दसागरमा एक लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी एक लाख ४१ हजार शब्द पु¥याइएको थियो ।
उहाँले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गर्नुभएको छ । यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गर्नुभएको छ । हालसम्म उहाँका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् । उहाँका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोषकार एवं साहित्यकार वसन्तकुमार शम्र्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । स उहाँको निधनले नेपाली भाषा साहित्यका क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारमा समवेदन प्रकट गर्नुभएको छ । 
उहाँले शनिबार सामाजिक सञ्जाल ट्वीटमार्फत भन्नुभएको छ, “वरिष्ठ भाषाशास्त्री, शब्दकोषकार तथा साहित्यकार वसन्तकुमार शम्र्मा ‘नेपाल’को निधनको खबरले अत्यन्त दुःख लागेको छ, उहाँको निधनले नेपाली भाषा साहित्यको क्षेत्रमा ठूलो क्षति पुगेको छ, दिवङ्गत स्रष्टाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाली कांग्रेसको जागरण अभियानमा (04.25.2019)
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
कांग्रेसमा व्यक्तिगत स्वार्थ हावी (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)
चारजनाको नाम सर्वसम्मतिले अनुमोदन (12.11.2018)



 
::| Latest News

 
[Page Top]