युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.22.2019, 01:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
सैनिक कलेजमा विदेशी सैनिक अधिकृतको आकर्षण
Thursday, 04.25.2019, 02:19pm (GMT+5.5)

काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै गएको छ । उक्त कलेजमा गत मंगलबारदेखि शुरु भएको २६ औँ समूहको कमाण्ड एण्ड स्टाफ कोर्षमा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा विश्वमा विभिन्न १० मुलुकका १० सैनिक अधिकृत सहभागी रहेको कलेजका कमाण्डडेन्ट एवं उपरथी ईश्वर हमालले जानकारी दिनुभयो ।
तालीममा बङ्गलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलङ्का र अमेरिकाका सैनिक अधिकृत उक्त तालीममा सहभागी छन् ।
आर्मी कमाण्ड एण्ड स्टाफ कलेजबाट हालसम्म १२ मुलुकका ७३ जना विदेशी सैनिक अधिकृतले कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् । विश्वकै सैनिक सङ्गठनमा उक्त तालीम मध्यम तहका अधिकृतको नेतृत्व र क्षमता विकासमा महत्वपूर्ण मानिन्छ ।
नेपाली सेनाका निमित्त बलाधिकृत रथी शरदकुमार गिरीले उक्त तालीमको उद्घाटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्न योगदान पुग्ने पाठ्यक्रमको विकास गर्दै लैजान कलेजलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “कलेजले आफ्नो स्थापनाको लक्ष्य पूरा गर्न सफल भएको छ, सैनिक रणनीति कौशल र अभ्यासलाई युग सुहाउँदो तुल्याउन पाठ्यक्रमलाई परिमार्जन गर्दै लैजानुपर्छ ।
त्रिभुवन विश्वविद्यालयले स्नात्तकोत्तर तहको मान्यता दिएको उक्त तालीम ४५ हप्ताको हुनेछ । यस पटकको तालीममा नेपाली सेनाका ५०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जनासहित ६३ को सहभागिता छ । नेपाली सेनाका ८७१, अन्य निकायका ४६ जनाले हालसम्म उक्त कलेजबाट कमाण्ड एण्ड स्टाफ कोर्ष पूरा गरिसकेका छन् । अघिल्लो पटकको तालीममा एक जना महिला अधिकृत उक्त तालीमका लागि छनोट हुनुभएकामा यस पटक भने कुनै पनि महिला अधिकृत प्रारम्भिक परीक्षामा सफल नभएको नेपाली सेनाले जनाएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कोशकार नेपालको निधन (04.25.2019)
अस्ताए रङ्ग पत्रकारिताका पिता पुष्करलाल श्रेष्ठ (04.25.2019)
नेपाली कांग्रेसको जागरण अभियानमा (04.25.2019)
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)
अध्यक्षद्वयको प्रतिवेदन पारित (01.01.2019)



 
::| Latest News

 
[Page Top]