युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 05:49am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
डा. भट्टराईको सुझाव संसद मणि हराएको नागजस्तो हुन भएन
Tuesday, 04.30.2019, 01:42pm (GMT+5.5)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले अधिवेशनलाई विगतभन्दा थप उपलब्धिमूलक बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा उहाँले भन्नुभयो, “मणि हराएको नाग, बिना हराएको कस्तुरीजस्तो, नुन नभएको तरकारीजस्तो ढङ्गले होइन, संसद्ले उच्चतम लोकतन्त्रको अभ्यास गरोस्, लोकतन्त्रको निरन्तर लोकतान्त्रीकिकरण गर्दै संसद्लाई जीवन्त बहस गर्ने थलो बनाइयोस् ।”  
हाम्रोजस्तो विविधतायुक्त मुलुकमा समावेशी विकास हुन आवश्यक रहेको डा भट्टराईको भनाइ थियो । उहाँले हाम्रो केन्द्रमुखी सोचले सङ्घीयताको मर्म र भावनालाई सम्बोधन हुन सक्दैन भन्नुभयो । अधिवेशनमा हाम्रो विकासको मार्ग के हो भन्ने स्पष्ट भएर विकास, सुशासन र समृद्धिलाई सँगै लैजान आवश्यक रहेको उहाँले बताउनुभयो । डा भट्टराई भन्नुभयो, “सङ्घीयतालाई ठीक ढङ्गबाट सम्बोधन नहुने हो भने मुलुकमा अपेक्षा गरिएको विकास र शान्ति हात पार्न कठिन हुनेछ ।”
राष्ट्रिय जनता पार्टी नेपालका सांसद एव नेता अनिलकुमार झाले तराई मधेश आन्दोलनको घटनाको छानबिन गर्न गठित सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठिन आयोगको प्रतिवेदन सार्वजनिक र सांसद रेशम चौधरीको रिहाइको मागलाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा मागलाई सधँैभर यसरी नै बेवास्ता गर्ने हो भने हामी सडकमा जान बाध्य हुनेछौँ, हावाहुरीबाट पीडितलाई राहत दिने र हुलाकी राजमार्गलाई अघि बढाउने सन्दर्भमा सरकार गम्भीर होस् ।”


वैशाख २० गते नीति तथा कार्यक्रम
सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।





Rating (Votes: )   
Share     Print


Other Articles:
सैनिक कलेजमा विदेशी सैनिक अधिकृतको आकर्षण (04.25.2019)
कोशकार नेपालको निधन (04.25.2019)
अस्ताए रङ्ग पत्रकारिताका पिता पुष्करलाल श्रेष्ठ (04.25.2019)
नेपाली कांग्रेसको जागरण अभियानमा (04.25.2019)
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)
पहिलोपटक संघीय स्वरुपमा एसइई परीक्षा (03.28.2019)
नेपालीका लागि दुःखद बन्यो वर्ष २०१८ (01.01.2019)



 
::| Latest News

 
[Page Top]