युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 05.25.2019, 05:15am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
वैशाखमै बर्दियामा लू चल्यो
Tuesday, 04.30.2019, 01:46pm (GMT+5.5)

वैशाखको दोस्रो हप्ता अत्यधिक गर्मी हुने समय नभए पनि शनिबार बर्दियामा यस वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । शनिबार बर्दियाको तापक्रम ४५ डिग्री नाघेपछि त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । वैशाखको दोेस्रो सातामै बर्दियाको तापक्रमले ४५ डिग्री नाघ्नुका साथै दिनभरि तातो हावा (लू) चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो ।
अत्याधिक गर्मीले गर्दा सर्वसाधारण न्यून सङ्ख्यामा मात्र घरबाहिर निस्कने गरेकाले व्यापार व्यवसाय सबैभन्दा बढी प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सानोश्री ताराताल कुशुम्बा बजारका कोषाध्यक्ष अमर भण्डारीले बताउनुभयो । गर्मीकै कारण बर्दियाका अधिकांश विद्यालयलाई बिहान सञ्चालन गर्ने तयारी भइरहेको छ । 
अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल र विभिन्न मेडिकलमा  ह्वात्तै बिरामी बढेका छन् । बिरामीकै चापले अस्पतालमा बेडको समेत अभाव हुन थालेको अस्पतालले बताएका छन् । गर्मी र चलेको तातो हावाले बिरामीको चाप बढेको अस्पतालका चिकित्सक बताउछन् ।
गर्मीका कारण लु लागेका, झाडा पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डन डा सुवास पाण्डेले बताउनुभयो ।
अत्याधिक गर्मीकै कारण बर्दियाका बालबालिकामा शरीर भरि रातो बिमिरा आउने र पाकेर घाउ बन्ने संक्रमण देखिएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
देउवाको प्रतिबद्धता– कांग्रेस रचनात्मक हुन्छ (04.30.2019)
डा. भट्टराईको सुझाव संसद मणि हराएको नागजस्तो हुन भएन (04.30.2019)
सैनिक कलेजमा विदेशी सैनिक अधिकृतको आकर्षण (04.25.2019)
कोशकार नेपालको निधन (04.25.2019)
अस्ताए रङ्ग पत्रकारिताका पिता पुष्करलाल श्रेष्ठ (04.25.2019)
नेपाली कांग्रेसको जागरण अभियानमा (04.25.2019)
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)
स्थापना दिवसमा पूर्वपदाधिकारी सम्मानित (04.04.2019)
बारको नेतृत्वमा सत्ता र प्रतिपक्षको भीडन्त (04.04.2019)
श्रेष्ठ, घिमिरे र जोशीलाई पत्रकारिता पुरस्कार (04.04.2019)
संसदको तेस्रो अधिवेशन अन्त्य (03.28.2019)
विख्यात अर्थशास्त्री प्रा.डा. दाहालको अवसान (03.28.2019)



 
::| Latest News

 
[Page Top]