युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 08.18.2019, 10:31pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
सम्पदा उत्खननमा भेटियो ढुङ्गाको गारो भेटियो
Wednesday, 06.05.2019, 12:27pm (GMT+5.5)

पाँचखाल नगरपालिकास्थित लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खननका क्रममा ढुङ्गाको गारो भेटिएको छ । पुरातत्व विभागको एक टोलीले पाँचखाल नपा–७ श्रीरामपाटीस्थित दरबार क्षेत्र भनिएको स्थानमा वैशाख १५ गतेदेखि उत्खनन कार्य शुरु गरिएको छ । उत्खननका क्रममा २४ इञ्चका गारो भेटिएको हो ।
विभागका पुरातत्व अधिकृत विष्णुप्रसाद पाठकले उत्खननका क्रममा ढुङ्गाको गारोको केही भाग भेटिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीको भनाइअनुसारका कल्चरल सिक्वेन्स मिल्छ कि मिल्दैन, अध्ययन र परीक्षणपछि मात्र थाहा हुन्छ ।” उहाँले दरबार क्षेत्र भनिएको स्थानमा ढुङ्गाको गारो भेटिएकाले कति कोठाका कस्तो दरबार थियो भन्नेबारे केही दिनपछि मात्रै थाहा हने बताउनुभयो ।
स्थानीयवासीले खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँटा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला पारेपछि पुरातत्व विभागसँग सम्पदा संरक्षणको माग गर्दै आएका थिए । विभागको टोलीले यही वैशाख १४ गते जिल्ला प्रशासन कार्यालय तथा पाँचखाल नपा कार्यलयलाई सम्पदा उत्खननसम्बन्धी जानकारी दिई उत्खनन थालेको थियो । 
पाठकको नेतृत्वको टोलीमा पुरातत्वविज्ञ उद्धव आचार्य तथा इञ्जिनीयरलगायत छ जनाको टोली दुई हप्ता पाँचखालमै बसेर अध्ययन अनुसन्धान गर्नेछ । स्थानीय बुढापाकाले पाँचखाल क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको जस्ता विषय भन्दै आएका थिए । 
स्थानीय प्रकाश ढकालको खेतको गरा खन्ने क्रममा २६ इन्चको पुरानो, खण्ड–खण्डमा कोठा रहेको जस्तो घरको गारो तथा पर्खालसमेत भेटिएको थियो । 
उत्खननका क्रममा ढकालकै खेतभन्दा माथि रहेको स्थानमा ढुङ्गाको गारो भेटिएको हो । प्रारम्भिक अध्ययनका क्रममा भेटिएको सिक्काका एक पाटामा ‘भोगिनी’ लेखिएको छ भने अर्को पाटामा सिंहको चित्र रहेको छ । विज्ञ आचार्यका अनुसार भोगिनी पाली भाषा हो । रानीपोखरी रहेको भाग पुरिएपछि स्थानीयवासीले सोही स्थानमा खेतीपाती गर्दै आएका छन् भने त्यस क्षेत्रमा एक इँटा उद्योग सञ्चालित छ । स्थानीय नवराज ढकालले आफ्नो खेत खनजोत गर्दा माटोको घैँटोमा केही सिक्का भेटिएको समेत बताउनुभयो । 
गत वर्ष चैत पहिलो साता खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना इँटा, सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेपछि पुरातत्व विज्ञ आचार्यसहितको टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । उहाँका अनुसार स्थानीयवासीको भनाइमा पाँचखालमा तत्कालीन राजा मानदेव र अंशु बर्माको दरबार तथा रानीपोखरीलगायतका संरचना छन् । 
प्रारम्भिक अध्ययनका क्रममा पाँचखालमा ऐतिहासिक सामग्री, घरको जग, पँधेरो, शिवलिङ्ग, ढुङ्गेधारालगायत भेटिएको र ती लिच्छवीकालीन नै भएकाले स्थानीयवासीको मागका आधारमा विभागले टोली खटाई वैशाख दोस्रो साताबाट उत्खनन कार्य शुरु गरिएको अधिकृत पाठकले बताउनुभयो । विभागले गत चैत अन्तिम साता उत्खननविज्ञ आचार्यसहितको एक टोली पाँचखालमा भेटिएका केही ऐतिहासिक प्रमाणको अध्ययन गरेको थियो ।
आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा जति ऐतिहासिक प्रमाण भेटिएका छन्, ती लिच्छवीकालीन हुन् । उहाँका अनुसार भेटिएका प्रमाण लिच्छवीकालीन पाँचौँ, छैटौँ, सातौँ र आठौँ शताब्दीका हुन् । उहाँले भन्नुभयो, “हामीले यसअघि विभागलाई पाँचखालका सम्पदाको थप अध्ययन एवं उत्खनन गर्न सुझाव दिएका थियौँ ।”


Rating (Votes: )   
Share     Print


Other Articles:
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने (06.05.2019)
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)
गणतन्त्र दिवसदेखि संग्रहालय खुला हुँदै (05.28.2019)
वैशाखमै बर्दियामा लू चल्यो (04.30.2019)
देउवाको प्रतिबद्धता– कांग्रेस रचनात्मक हुन्छ (04.30.2019)
डा. भट्टराईको सुझाव संसद मणि हराएको नागजस्तो हुन भएन (04.30.2019)
सैनिक कलेजमा विदेशी सैनिक अधिकृतको आकर्षण (04.25.2019)
कोशकार नेपालको निधन (04.25.2019)
अस्ताए रङ्ग पत्रकारिताका पिता पुष्करलाल श्रेष्ठ (04.25.2019)
नेपाली कांग्रेसको जागरण अभियानमा (04.25.2019)
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
नेकपाले टुङ्गो लगायो एकता (04.25.2019)
कसले खोजी गर्ने वर्षौदेखि भारतमा वेपत्ता भएका एक सय ६५ युवा (04.16.2019)
चर्को शुल्क बन्द गर्न माग (04.16.2019)
मुलुकको विकासका लागि तीनै तहको सरकारसँग सहकार्य सशस्त्र प्रहरी महानिरीक्षक खनाल (04.16.2019)
पेन्सन खानेलाई पनि चाहियो वृद्धभत्ता (04.10.2019)
प्रश्नपत्र बाहिर ल्याउने दुई प्रहरीसहित छ जना पक्राउ (04.10.2019)



 
::| Latest News

 
[Page Top]