युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 10.23.2019, 11:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान
Monday, 07.22.2019, 05:34pm (GMT+5.5)

काठमाडौं । विज्ञान प्रविधिको विकासले मानवअंग प्रत्यारोपण सहज भएपछि मृत्युपश्चात खेर जाने मानव अंग दान गर्दा अरुले नयाँ जीवन पाउँछन् र अंगदानको चलन पनि बढ्दै गएको छ । यसक्रममा परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले आफ्ना शरीरका विभिन्न अङ्ग मृत्युपपछि जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्नेगरी अङ्गदानको घोषणा गरेको छ । शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँहरूले अङ्गदानको घोषणा गर्नुभयो । ज्ञवाली दम्पतीले मृत्युपश्चात् मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा दान दिने मञ्जुरिनामामा हस्ताक्षर ग¥यो । 
कार्यक्रममा मन्त्री ज्ञवालीले आफ्नै स्रोत साधन सीमित रहँदाको अवस्थामा पनि बिरामीका लागि सक्दो सहयोग गर्न सरकार लागिरहेको बताउनुभयो । अब उपचारका लागि पैसा नभएर ज्यान जानुपर्ने अवस्था नरहने बताउँदै उहाँले स्वास्थ्य बीमामार्फत रु एक लाखसम्मको औषधोपचारका लागि सरकार लागी रहेको जानकारी दिनुभयो । 
 केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अङ्गदान गर्ने कानूनी व्यवस्था रहे पनि चेतनाको अभावका कारण हुन नसकिरहेको बताउनुभयो । उहाँले कानून बनेको दुई वर्षमा ३ जनाबाट मात्रै अङ्ग लिएर ६ जनालाई मिर्गौला र एकजनालाई कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । सो अवसरमा परराष्ट्रमन्त्रीकी धर्मपत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अङ्ग प्रत्यारोपण केन्द्रका डा रविभूषण सुवाललगायत १४ जनाले पनि अङ्गदानको घोषणा गर्नुभएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)
गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई (06.18.2019)
मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह (06.05.2019)
सम्पदा उत्खननमा भेटियो ढुङ्गाको गारो भेटियो (06.05.2019)
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने (06.05.2019)
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)
गणतन्त्र दिवसदेखि संग्रहालय खुला हुँदै (05.28.2019)
वैशाखमै बर्दियामा लू चल्यो (04.30.2019)
देउवाको प्रतिबद्धता– कांग्रेस रचनात्मक हुन्छ (04.30.2019)
डा. भट्टराईको सुझाव संसद मणि हराएको नागजस्तो हुन भएन (04.30.2019)
सैनिक कलेजमा विदेशी सैनिक अधिकृतको आकर्षण (04.25.2019)
अस्ताए रङ्ग पत्रकारिताका पिता पुष्करलाल श्रेष्ठ (04.25.2019)
कोशकार नेपालको निधन (04.25.2019)
नेपाली कांग्रेसको जागरण अभियानमा (04.25.2019)
हिन्दु राष्ट्रका लागि राप्रपको कार्यदल (04.25.2019)
अब बम पड्कार क्रान्ति हुँदैन- प्रचण्ड (04.25.2019)
संसद्को अधिवेशन वैशाख १६ मा (04.25.2019)



 
::| Latest News

 
[Page Top]