युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 11:48am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु
Tuesday, 08.20.2019, 01:19pm (GMT+5.5)

काठमाडौं । लिभिङ टुगेदरमा रहेका काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित ठूलो भ¥याङमा एक प्रहरी जवानको आफ्नै प्रेमिकासामु नै रहस्यमय मृत्यु भएको छ । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेकोे आशङ्का प्रहरीको छ ।
महानगरीय प्रहरीवृत्त स्वयम्भूका २६ वर्षीय प्रहरी जवान शङ्कर ठगुन्नाको शनिबार राति प्रेमिकाकै कोठामा मृत्यु भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु विगत एक वर्षदेखि नै लिभिङ टुगेदरका रुपमा बस्दै आएका थिए ।
महिलाले प्रहरीमा दिएको बयानअनुसार शनिबार राति करीब १०ः३० बजे उनी मदिरा पिएर कोठामा आएका थिए । प्रेमिकासँग झण्डै ४५ मिनेट भनाभन भएको थियो । एकछिन महिला बाहिर निस्किएर फर्किंदा ठगुन्नाले सलको पासो लगाइसकेका थिए । त्यसो नगर्न भन्दाभन्दै आफूलाई हिर्काएर पछारेको र एकछिनपछि उठेर हेर्दा पासो लगाएको देखिएको प्रहरीसँग ती महिलाले भनेकी छिन् ।
“त्यसपछि महिलाले सलको पासो काटेर एकछिन् मालिस गरिन् तर कुनै प्रतिक्रिया नआएपछि अर्काे कोठामा भएका आफन्तको सहयोगमा अस्पताल लगिएको थियो ।” महिलाको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक सुवेदीले भन्नुभयो । अन्ततः ठगुन्ना बाँचेनन् । 
श्रीमान् छाडेर बसेकी ती महिला मजदूरी गर्दछिन् । घटनाबारे जानकारी प्राप्त भएपछि राति १ः१५ बजे प्रहरी घटनास्थल पुगेको थियो । ठगुन्ना स्वयम्भू वृत्तमा विसं २०७० देखि कार्यरत थिए । ती महिलालाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

भक्तपुरका अवैध घर टहरा भत्काइयो 
चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको घर टहरा भत्काएको छ । आइतबार डोजर लगाएर अतिक्रमण गरी अवैधरुपमा बनाएको ३०० वटा घर टहरा भत्काउन गएको डोजरलाई घरटहरा सञ्चालकले अवरोध गरेपछि प्रहरी र सञ्चालकबीच झडप समेत भएको थियो । 
नगरपालिका, वन कार्यालय, जिल्ला प्रशासन र प्रहरी समेतको निर्णयबाट अतिक्रमण गरी बनाएका घर टहरा भत्काउने क्रममा अवरोध गरी ढुङ्गा हान्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 
प्रहरीले केहीबेर लाठी प्रहार गरेपछि अवरोध गर्न गएको भीड तितरवितर भएको थियो । त्यसपछि स्थानीयले सडकका बीचमा टायर बालेर केहीबेर अवरोध पु¥याएका थिए । वन क्षेत्रमा अवैधरुपमा निर्माण गरी सञ्चालन भएको २० वटा व्यावसायिक घरटहरा एक महीना अगाडि नगरपालिकाले भत्काएको थियो । त्यसपछि नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि घर टहरा भत्काउन अटेर गरेपछि नगरपालिकाले डोजर लगाएर भत्काएको हो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)
गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई (06.18.2019)
मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह (06.05.2019)
सम्पदा उत्खननमा भेटियो ढुङ्गाको गारो भेटियो (06.05.2019)
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने (06.05.2019)
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)
गणतन्त्र दिवसदेखि संग्रहालय खुला हुँदै (05.28.2019)
वैशाखमै बर्दियामा लू चल्यो (04.30.2019)
देउवाको प्रतिबद्धता– कांग्रेस रचनात्मक हुन्छ (04.30.2019)
डा. भट्टराईको सुझाव संसद मणि हराएको नागजस्तो हुन भएन (04.30.2019)
सैनिक कलेजमा विदेशी सैनिक अधिकृतको आकर्षण (04.25.2019)
कोशकार नेपालको निधन (04.25.2019)
अस्ताए रङ्ग पत्रकारिताका पिता पुष्करलाल श्रेष्ठ (04.25.2019)



 
::| Latest News

 
[Page Top]