युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 09.17.2019, 12:17pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
अन्य समाचार
 
डा. भट्टराईको समाजवाद कम्युनिष्ट पार्टीको जस्तो नहुने
Tuesday, 08.20.2019, 01:24pm (GMT+5.5)

काठमाडौं । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालको जिल्ला एकता घोषणासभामा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘हाम्रो समाजवाद पूँजीवादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजवाद पनि होइन, उहाँले भन्नुभयो, “कम्युनिष्टहरुले भनेको जस्तो साम्यवादको खुड्किलो जस्तो समाजवाद पनि होइन”, अध्यक्ष डा भट्टराईले समाजवादी पार्टीले ल्याउने समाजवाद सर्वहारा वर्गको अधिनायकत्वको हुने खालको समाजवाद नभई फरक पहिचान हुने बताउनुभयो ।
उहाँले फरक पहिचान र चिन्तनसहितको समाजवाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामूहिकतासहितको समाजवाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले विचारलाई कार्यान्वयन गर्ने आधार सङ्घीयता हो भन्दै यसले मात्र सवै वर्ग, क्षेत्र, लिङ्ग तथा उत्पीडित समुदायको पहिचान दिलाउने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सांसद डा भट्टराईले उत्पादन वृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राख्नुभयो । उत्पादनमा वृद्धि भए मात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यही मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक समृद्धि हुन नसक्ने उहाँको भनाइ छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो (08.20.2019)
सुविधाविरुद्ध रिट निवेदन (08.20.2019)
जुम्लाको स्याउ नेपालगञ्जमा आउँदा समाचार बन्यो (08.20.2019)
प्रेमिकाकै अगाडि प्रहरी जवानको मृत्यु (08.20.2019)
विपद्बाट एक अर्बको क्षति, ९० हजार घर प्रभावित (07.30.2019)
सेनाले सडक हस्तान्तरण गर्दै (07.30.2019)
साउन १६ देखि कांग्रेसको प्रशिक्षण (07.22.2019)
परराष्ट्रमन्त्रीसहित १४ जनाद्वारा अङ्गदान (07.22.2019)
निर्णायक वार्ता गर्न जोड (07.22.2019)
प्यान अनिवार्य (07.22.2019)
ट्राफिक छैन भनेर आँखा छल्दैमा पाइँदैन सुख... आउँछ फोन (06.18.2019)
गुठी विधेयकका बारेमा सरकारी प्रवक्ताको यस्तो भनाई (06.18.2019)
मूल प्रवाहमा आउन विप्लव समूहलाई आग्रह (06.05.2019)
सम्पदा उत्खननमा भेटियो ढुङ्गाको गारो भेटियो (06.05.2019)
जुम्लास्थित कर्णाली प्रतिष्ठानमा एमडिजिपी पढाइ हुने (06.05.2019)
स्थानीय पाठ्यपुस्तक लागू गर्ने गोकर्णेश्वर नपा देशमै पहिलो (05.28.2019)
मिडिया काउन्सिल विधेयक सच्याउनुपर्छ (05.28.2019)
गणतन्त्र दिवसदेखि संग्रहालय खुला हुँदै (05.28.2019)
वैशाखमै बर्दियामा लू चल्यो (04.30.2019)
देउवाको प्रतिबद्धता– कांग्रेस रचनात्मक हुन्छ (04.30.2019)



 
::| Latest News

 
[Page Top]